back
NMB ad

पुनःनिर्माणका लागि विश्व बैंकद्वारा २३ अर्ब ऋण स्वीकृत

Kumari bank ad

काठमाडौं । भुकम्पले भत्काएका थप ८६ हजार आवास पुनःनिर्माणका लागि विश्व बैंकले ऋण दिने भएको छ । नेपाललाई दिने २ सय मिलियन डलर (करिब २२ अर्ब ६५ करोड रुपैयाँ) ऋण सहयोग स्वीकृत भएको विश्व बैंकले जानकारी दिएको छ ।

नेपालमा विश्व बैंकले संचालन गरिरहेको अर्थक्वीक हाउजिङ रिकन्स्ट्रक्सन्स प्रोजेक्ट (ईएचआरपी–भुकम्पले भत्काएका घरको पुनःनिर्माणका लागि बनाइएको परियोजना)लाइ उक्त ऋण सहयोग स्वीकृत गरिएको छ ।

परियोजनाको दोस्रो चरणको कामका लागि नेपालले उक्त ऋण सहयोग प्राप्त गर्न लागेको हो । भुकम्पबाट प्रभावित निजी आवासतर्फ थप ८६ हजार ६८० घरको पुनर्निर्माणका लागि यो ऋण सहयोग गर्नेगरी विश्व बैंकल सो रकम उपलब्ध गराएको हो ।

बैंकले दिएको उक्त रकम भूकम्पबाट अति प्रभावित ३२ जिल्लाका भूकम्प पीडितको घर पुनःनिर्माण खर्च हुने बताइएको छ । नेपाल सरकारको पुनर्निर्माणको काममा विश्व बैंकले सहयोग गरिरहेको नेपाल, श्रीलंका र माल्दिभ्सका लागि विश्व बैंकका कन्ट्री म्यानेजर स्वाराही रिडिहोले बताएका छन् ।

सन् २०१५ मा विश्व बैंकले ५५ हजार घरको पुनःनिर्माण लागि ऋण सहयोग गरेको थियो । यससँगै सन् २०१७ मा सहायता रकम बढाएर थप ९६ हजार घर पुनःनिर्माणमा सहयोग गरेको थियो ।

२०७६ माघ ०१ गते प्रकाशित

वि.सं.२०७६ माघ १ बुधवार १५:३४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...