भोलि र पर्सि पनि सार्वजनिक विदा (सूचनासहित)

काठमाडौं । भोलि र पर्सि पनि  सार्वजनिक विदा दिएको छ । माघ १२ र १३ गते (आइतवार र सोमावर) पनि सोनाम ल्होछारको अवसरमा विभिन्न स्थानहमा सार्वजनिक विदा दिएको हो ।

एक सूचना निकाल्दै पर्साको ठोरी गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिएको हो । गाउपाकिाले यस अघि नै तीन दिन विदा दिने निर्णय गरेको थियो ।

तामाङ जातिको बाहुल्य भएकोले ल्होछारमा पालिका क्षेत्र भित्रका सबै सार्वजनिक कार्यालयहरुमा माघ ११ गतेदेखि १३ गतेसम्म तीन दिन विदा दिइएको गाउँपालिकको कार्यालयले जनाएको छ ।

यस्तै, पाँच पोखरी थाङपाल गाउँपालिका सिन्धुपाल्चोकले बुधवार एक सूचना प्रकाशित गर्दै थाङपाल गाउँपालिकाको पनि एक प्रमुख पर्व सोनाम ल्होसारको उपलक्ष्यमा भन्दै १०, ११ र १२ गते तीन दिने बिदा दिने निर्णय गरेको छ ।

 

त्यसैगरी हेलम्बु गाउँपालिकाको कार्यालयले ११, १२ र १३ गते सार्वजनिक बिदाको घोषणा गर्दै सबै सरकारी कार्यालय, शिक्षण संस्था तथा सम्बन्धित निकायहरूमा पर्व बिदा दिने निर्णय गरेको छ ।

२०७६ माघ ११ गते प्रकाशित

 

२०७६ माघ ११ गते ०५:०९ मा प्रकाशित

You can share this post!

भोलि सार्वजनिक विदा

धमाधम शिक्षा अधिकृतको अन्तर्वार्ता

Related posts