back
NMB ad

के हो कोरोना भाइरस ? यसरी बच्न सकिन्छ

Kumari bank ad

काठमाण्डौ । चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा समेत भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबार सूचना निकालेर कोरोना भाइरसको संक्रमणबारे जानकारी गराएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार एक साता अघि चीनबाट नेपाल फर्किएका युवामा कोरोना भाइरसको संक्रमण भएको थियो । कोरोना भाइरसबाट हालसम्म संक्रमित भेटिएका तीनमध्ये एक जनालाई टेकु अस्पतालमा राखिएको छ ।

टेकु अस्पतालमा निजी अस्पतालबाट रिफर गरिएका भाइरस संक्रमित बिरामीको उपचार भइरहेको छ । साथै, टेकु अस्पताल र पाटन अस्पतालमा छुट्टै कक्ष स्थापना गरी बिरामीको उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

संक्रमणबाट चीनको हुबेइमा अहिलेसम्म ३९ जनाको ज्यान गएको छ भने हेबेई र हेइलोङझियाङमा एक एक गरि ४१ जनाको ज्यान गइसकेको छ । कोरोना भाइरसको संक्रमण नेपालसहित चीनका साथै अमेरिका, हङकङ, मकाउ, ताइवान, फ्रान्स लगायत १२ देशमा भेटिएको छ ।

हालसम्म मानवमा देखा नपरेको र उपचारको उपाय समेत पत्ता नलागेको कोरोना भाइरस संक्रमणलाई निक्कै खतरनाक मानिएको छ ।

के हो त कोरोना भाइरस ?

कोरोना भाइसरको वास्तविका नाम नोबेल कोरोना भाइरस हो । कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य अन्तर्गत पर्दछ ।

सर्वप्रथम सन् २००३ मा देखिएको एसएआरएस र कोरोना एउटै समूहका भाइरस हुन् । दुवै भाइरसले बिरामीलाई गम्भिर बनाउन सक्छन् ।

कोरोना भाइरस संक्रमणका लक्षण
– रुघा खोकी लाग्नु,

– १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु

– श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु,

– घाँटी, टाउको तथा जिउ दुख्ने

– निमोनिया हुनु,

– सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु ।

कसरी हुन्छ संक्रमण ?

कोरोना भाइरस पशुपंक्षी र सी फुडको माध्यमबाट सर्ने गर्छ । यो भाइरसले मानिसहरुमा सहजै सर्ने गुण बोकेको हुन्छ । विशेषगरी एउटै परिवारका सदस्यहरु बिरामी भएको अवस्थामा भने एकबाट अर्काेमा कोरोना भाइरसको संक्रमण हुने संभावना उच्च हुनेगर्छ ।

भाइरसको संक्रमण भएको समयमा मिर्गौलाले काम गर्न छोड्ने हुनाले मानिसको मृत्यु हुनेगर्छ । हालसम्म यस भाइरसको संक्रमणबाट लाग्ने रोगको उपचारको पत्ता लागेको छैन ।

भाइरसबाट संक्रमित बिरामीलाई देखा परेको लक्षणको आधारमा उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालय बताउँछ । यो भाइरसविरुद्ध हालसम्म कुनै खोप उपलब्ध छैन ।

कसरी बच्ने ?
– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने
– नियमित साबुन पानीले हात धुने,

– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,
– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने
– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने
– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने

२०७६ माघ ११ गते प्रकाशित

वि.सं.२०७६ माघ ११ शनिवार १९:३६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...