काठमाडौं । सोमवार नेप्से कारोबार भएको दोस्रो घण्टामा ९ दशमलव ४७ अंकले बढेर १ हजार २८६ दशमलव १४ विन्दुमा पुगेको छ ।
१ हजार २७६ दशमलव ६८ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा शून्य दशमलव ७४ प्रतिशत बढेको हो ।
यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये अन्य समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको छ । दोस्रो घण्टाको कारोबारमा १७४ ओटा कम्पनीको रू. ३६ करोड ४५ लाख बराबरको शेयर कारोबार भएको छ ।
यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३ करोड ७६ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. १ हजार १०४ मा कारोबार भइरहेको छ ।
२०७६ माघ १३ गते प्रकाशित
वि.सं.२०७६ माघ १३ सोमवार १३:०० मा प्रकाशित