back
NMB ad

मर्जरमा जान लागेका यी दुई वित्तीय संस्थाले सार्वजनिक गरे वित्तीय विवरण

Kumari bank ad

काठमाडौं । मर्जरमा जान लागेको सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्तले आकर्षक प्रगति गरेको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

सूर्योदय लघुवित्तले दोस्रो त्रैमासमा रू.२ करोड ७९ लाख ३७ हजार र त्रिलोक लघुवित्तले रू.१ करोड ५७ लाख ८७ हजार खुद नाफा गरेका छन् ।

गत वर्ष सूर्योदयले रू.२ करोड २१ लाख ८३ हजार र त्रिलोकले रू.२७ लाख ५२ हजार खुद नाफा गरेका थिए । गत वर्षको तुलनामा त्रिलोकको ४७३ दशमलव ६६ प्रतिशत र सूर्योदयको ७० दशमलव ५७ प्रतिशतले नाफा वृद्धि हो ।

यो वर्ष दुबै कम्पनीको सञ्चालन मुनाफा गत वर्षभन्दा बढेको छ । सूर्योदयको सञ्चालन मुनाफा गत वर्षभन्दा ७६ दशमलव ८१ प्रतिशत बढी रू.३ करोड ९२ लाख २१ हजार र त्रिलोकको गत वर्षभन्दा करीब ९ गुणा बढी रू.२ करोड ४७ लाख ७० हजार रहेको छ ।

सूर्योदयको चुक्तापूँजी रू.१५ करोड ५९ लाख १९ हजार रहेको छ भने त्रिलोकको रू.६ करोड ९ लाख ५२ हजार रहेको छ । दुबै कम्पनी मर्जरमा गई एकीकृत कारोबार पश्चात चुक्तापूँजी रू. २१ करोडभन्दा बढी पुग्नेछ ।

गत वर्षसम्म रू. ५७ लाख ४२ हजार ऋणात्मक रहेको त्रिलोक लघुवित्तको जगेडा कोष रकम यस वर्ष सुधारिएर रू.२ करोड १ लाख ६२ हजार कायम भएको छ ।

त्रिलोकले गत वर्षभन्दा यस वर्ष साढे ३ गुणा बढी रू.२२ करोड १९ लाख ५ हजार निक्षेप संकलन गरेको छ भने २ गुणाभन्दा बढी रू. ८५ करोड २६ लाख ५३ हजार कर्जा प्रवाह गरेको छ ।

त्यस्तै सूर्योदयको जगेडा कोष रकम ४२ दशमलव ८९ प्रतिशत बढी रू. ९ करोड ३६ लाख ७० हजार कायम भएको छ । उक्त कम्पनीले गत वर्षभन्दा यस वर्ष ५८ दशमलव ८१ प्रतिशत बढी रू.७६ करोड ४९ लाख ३२ हजार निक्षेप संकलन गरेको छ भने ६५ प्रतिशत बढी रू. १ अर्ब ८१ करोड ६६ लाख १८ हजार कर्जा प्रवाह गरेको छ ।

सूर्योदयको प्रतिशेयर आम्दानी वार्षिक रू.३५ दशमलव ८४ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू.१६० दशमलव शून्य ८ रहेको छ ।

कम्पनीले दोस्रो त्रैमाससम्म १० दशमल शून्य २ प्रतिशत तरलता कायम गरेको छ । सूर्योदय र त्रिलोक लघुवित्त एक आसमा गाभ्ने गाभिने सम्झौता गत असारमा गरेका थिए ।

वि.सं.२०७६ माघ १५ बुधवार १६:५७ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...