अब चन्द्रागिरीमा सित्तैमा केवलकार चढ्न पाइने !

काठमाण्डौ । जन्मदिनको दिन चन्द्रागिरिमा सित्तैमा केवलकार चढ्न पाइने भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडले सञ्चालन गरेको चन्द्रागिरि केवलकारले बुधबार विज्ञप्तिमार्फत जन्मदिनको दिन केवलकार चढ्दा पैसा नलाग्ने जनाएको छ ।

यसको लागि सेवा लिने पर्यटकले जन्मदिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्नेछ । चन्द्रागिरि भ्रमण गर्ने पर्यटकको जन्मदिन विशेष बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीको दावी छ ।

कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू(टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको जनाएको छ ।

२०७६ माघ १५ गते प्रकाशित

२०७६ माघ १५ गते १७:०६ मा प्रकाशित

You can share this post!

मर्जरमा जान लागेका यी दुई वित्तीय संस्थाले सार्वजनिक गरे वित्तीय विवरण

मेगा बैंकले गर्यो धापासीमा वित्तीय साक्षरता कार्यक्रम

Related posts