काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा रू.७०० ले बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ७६ हजार ३०० मा कारोबार भइरहेकोे छ ।
यस अघि बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ७५ हजार ६०० मा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला रू.७६ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि बिहीवार बढेको छ ।चाँदीको मूल्य प्रतितोला रू. १० ले बढेर प्रतितोला रू. ८८० मा कारोबार भइरहेकोे छ ।
२०७६ माघ १६ गते प्रकाशित
वि.सं.२०७६ माघ १६ बिहीवार १०:५६ मा प्रकाशित