स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गर्दै बागमती प्रदेश

काठमाडौं । बागमती प्रदेश सरकारले औद्योगिक ग्राम घोषणा तथा भौतिक पूर्वधार निर्माण गर्ने भएको छ ।

सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत उद्योग ग्राम घोषणा तथा भौतिक निर्माण गर्ने भएको हो ।

एक सूचना जारी गर्दै स्थानीय तहभित्र उद्योग ग्राम स्थापना हुन सक्ने स्थान छनौट गरि मन्त्रालयमा विवरण पठाउन अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार औद्योगिक ग्राम घोषणा तथा सञ्चालन सम्वन्धी कार्यविधि, २०७५ को अनुसूचि १ बमोजिमको परीक्षण सूचि भरी उल्लेखित कागजात मन्त्रालयको ईमेल ठेगानामा [email protected] मा पठाउन सकिने जनाएको छ ।

हेर्नुहोस् सूचना  :

२०७६ माघ २० गते ०९:०० मा प्रकाशित

You can share this post!

नेपाल एसबिआईको १०% ब्यादरको ऋणपत्र माघ २८ देखि निष्कासनमा

नबिल बैंकको ‘नबिल सजिलो एक्सप्रेस कर्जा योजना' यस्ता छन् सुविधाहरु

Related posts