काठमाडौं । लोक सेवा आयोगले फेरि नतिजा प्रकाशन सम्वन्धी सूचना निकालेको छ । आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखा विभिन्न तहका लिखित नतिजा प्रकाशन गरेको हो ।
एक सूचना निकाल्दै आयोगको खोटाङ, इलाम र धनकुटा कार्यालयबाट संचालित लिखित परीक्षाको नतिजा निकालेको हो । पछिल्लो पटक थप तीन कार्यालयबाट संचालित स्थानीय तहतर्फ खुला तथा समावेशी, इञ्जिनियरिङ सेवा, सिभिल समूह, चौथो तह, असिस्टेण्ड सव– इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन गरेको हो ।
साथै लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुलाई अन्तर्वार्ताका लागि आवश्यक कागजातसहित तोकिएको मिति, समय र स्थानमा उपस्थित हुनका लागि आयोगले अनुरोध गरेको छ ।
नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७६ माघ २२ बुधवार ०८:२२ मा प्रकाशित