काठमाडौं । यो साता नेप्से १३ सय ४४ दसमलव ५९ अंकमा पुगेर रोकिएको छ । सेन्सिटिभ इन्डेक्स पनि दुई सय ८४ दसमलव २४ अंकमा पुगेर रोकिएको छ ।
यो साता नेप्सेमा एक सय ७५ कम्पनीहरुको कारोवार भएकाछन् । सो अनुरुप ७० हजार नौ सय २४ वटा कारोवारमा एक करोड ६६ लाख १४ हजार पाँच सय ८८ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम छ अर्ब ६९ करोड ८३ लाख २९ हजार एक सय ३६ रुपैयाँ पुगेको छ ।
नेप्सेमा गत साता एक सय ७७ कम्पनीहरुको ८१ हजार चार सय पाँच वटा कारोवारमा दुई करोड ११ लाख छ हजार तीन सय ३५ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम सात अर्ब ३९ करोड १७ लाख दुई हजार पाँच सय १० रुपैयाँ पुगेको थियो ।
यो साता नेप्से पाँच दिन नै खुल्ला रहेकोमा पहिलो र पाँचौं दिन नेप्से घटेको थियो भने दोस्रो, तेस्रो र चौथो दिन नेप्से बढेको थियो ।
यो साता पहिलो दिन नेप्से १३ दसमलव सात अंकले घटेर १३ सय १९ दसमलव ९९ अंकमा झरेकोमा सेन्सिटिभ पनि तीन अंकले घटेर दुई सय ८१ दसमलव चार अंकमा झरेको थियो । दोस्रो दिन भने नेप्से चार दसमलव २८ अंकले बढेर १३ सय २४ दसमलव २६ अंकमा चढेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव तीन अंकले बढेर दुई सय ८१ दसमलव ६२ अंकमा चढेको थियो ।
तेस्रो दिन पनि नेप्से १७ दसमलव ११ अंकले बढेर १३ सय ४१ दसमलव ३८ अंकमा चढेकोमा सेन्सिटिभ तीन दसमलव ७५ अंकले बढेर दुई सय ८५ दसमलव ३७ अंकमा चढेको थियो ।
चौंथो दिन नेप्से चार दसमलव छ अंकले बढेर १३ सय ४५ दसमलव ९७ अंकमा पुगेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव १९ अंकले बढेर दुई सय ८५ दसमलव ५६ अंकमा पुगेको थियो ।
पाँचौ दिन भने नेप्से एक दसमलव ३९ अंकले घटेर १३ सय ४४ दसमलव ५९ अंकमा पुगेको थियो भने सेन्सिटिभ पनि एक दसमलव ३२ अंकले घटेर दुई सय ८४ दसमलव २४ अंकमा पुगेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सूचिमा हिमालयन डिष्ट्रिलरी, प्रभु बैंक, एनआईसी एशिया बैक आदि परेकाछन् ।
बजार पुंजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन् ।
वि.सं.२०७६ फागुन २ शुक्रवार ११:५३ मा प्रकाशित