back
NMB ad

वुहानबाट १७५ नेपालीको उद्धार

Kumari bank ad

काठमाडौं । तीन साताको दबाबपछि सरकारले चीनको हुपेई प्रान्तबाट नेपालीको उद्धार गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल हुपईको वुहानसहित ६ सहरमा रहेका १७५ नेपाली शनिबार राति सबा १० बजे नेपाल वायुसेवा निगमको चार्टर्ड विमानबाट काठमाडौं उडेको हो । उक्त विमान आइतबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएको छ ।

यसअघि १८५ नेपालीले स्वदेश फर्कन बेइजिङस्थित नेपाली दूतावासमा आवेदन दिएका थिए । तीमध्ये शरीरमा तापक्रम उच्च देखिएपछि ६ जनालाई उतै राखिएको छ । उनीहरूको रगत परीक्षणको रिपोर्ट आएपछि उपचार प्रक्रिया अघि बढाइनेछ । आवेदन दिएका चारजना भने नेपाल नफर्कने भनेर उतै बसेका छन् ।

वुहानको विमानस्थलबाट १७५ जना नेपाली निगमको जहाजमा काठमाडौंतर्फ उडेको बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले अन्नपूर्णलाई टेलिफोनमा बताए ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुपई प्रान्तको उहानसहित चिङचौ, चिङमन, अनसी, सयान र यिछाङ सहरका विभिन्न विश्वविद्यालयमा अध्ययनरत, भ्रमणका लागि पुगेका दुई र एक कामदारसहित १ सय ८५ जनाले फर्कन आवेदन दिएका थिए ।

नेपालीको उद्धारका लागि काठमाडौंबाट उडेको नेपाल एयरलाइन्सको चार्टर्ड विमान साँझ आठ बजे वुहान विमानस्थलमा अवतरण गरेको विद्यार्थी प्रमिला देवकोटाले जानकारी दिइन्। बच्चा र पतिसहित फर्कन लागेकी देवकोटाले टेलिफोनमा भनिन्, ‘ढिलै भए पनि सरकारले हाम्रो पीडा सुनेर राज्य भएको अनुभूति गराएको छ ।’

विद्यार्थी लिन नेपाली सेनाको चिकित्सक टोली गएको छ। चीनबाट फर्किएका नेपालीलाई राख्न भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन स्थल तयार पारिएको छ । त्यहाँ उनीहरूलाई दुई साता राखिनेछ । त्रिभुवन विमानस्थलमा स्वास्थ्य परीक्षण गरेर उनीहरूलाई सीधै खरिपाटी लगिनेछ ।

यसअघि कतिपय नेपाली १२ घण्टा बसयात्रापछि वुहान सहरमा भेला भएका थिए। विद्यार्थीलाई ६ वटा बसमा विमानस्थल र्पुयाइएको थियो । ढिलो भए पनि सरकारले आफ्नो कुरा सुनिदिएको भन्दै नेपालीहरू खुसीसाथ फर्केका छन् । फर्किएकामध्ये गुरुकुमार यादवले वुहानबाट टेलिफोनमा भने, ‘हामीलाई सरकारले ढिलै भए पनि सुनिदिएको छ । यसमा सञ्चारमाध्यमको भूमिका सकारात्मक रह्यो। सबैलाई धन्यवाद !’

वुहानमा दूतावासका अधिकारी कोही नपुगे पनि दूतावासबाट राम्रो सहयोग पाएको विद्यार्थीले बताए । ‘दूतावासका अधिकारीहरूले बेइजिङबाटै सबै व्यवस्थापन मिलाउनुभयो । जसरी पनि हामी फर्कन पाएका छौं’, एक विद्यार्थीले भने । १५ वर्षदेखि चीनमा रहेका न्युरो सर्जन डा. गौरव पोखरेलले नेपालीहरू डिप्रेसनमा जान सक्ने भन्दै सरकारलाई पटकपटक पत्र पठाएका थिए ।

वुहान विमानस्थलमा पहिलो चरणको परीक्षणपछि नेपालको ध्वजावाहक विमान देख्दा विद्यार्थी हर्षित भएका थिए । उनीहरूले आफ्नो साथममा अत्यावश्यकबाहेक थप सामान ल्याएका छैनन । बेइजिङस्थित नेपाली दूतावासले चिनियाँ विदेश मन्त्रालय र वुहानस्थित अधिकारीहरूलाई नेपालीको रेखदेख र फर्कनका लागि गरेको सहजीकरणका लागि विशेष धन्यवाद दिएको छ ।

लिने जाने पनि क्वारेन्टाइनमै

चीनमा रहेका नेपालीलाई लिन त्यहाँ पुगेका विमानका ककपिट ‘क्रु’ लाई पनि एक साता आइसोलेसनमा राखिनेछ । क्याबिन ’क्रु’ लाई भने दुई साता नै क्वारेन्टाइनमा राखिनेछ ।

वुहान पुगेको विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, अन्य प्राविधिक तीन जना छन । त्यसमा नेपाली सेनाका चार जना चिकित्सक पनि छन्। उनीहरू सबै क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

कोरोना प्रभावित अझै बढ्दो

कोरोना भाइरसका कारण चीनमा शुक्रबार मात्रै १४१ जनाको मृत्यु भएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार भाइरसको उद्गमस्थल हुपईमा शुक्रबार ११६ जनाले ज्यान गुमाएका थिए । शनिबार त्यो संख्या बढेको छ ।

शनिबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ५ सय ३७ पुगेको छ। जापान, फिलिपिन्स र हङकङमा एक–एक जनाको मृत्यु भइसकेको छ। यस्तै शनिबार युरोपमा भाइरस संक्रमणमा पहिलोपल्ट एक जनाको मृत्यु भएको छ। जनवरीमा हुपेईबाट फर्किएका ८० वर्षीय व्यक्तिको फ्रान्समा मृत्यु भएको हो ।

चीनमा मृत्यु हुनेमध्ये एक हजार एक सय २७ हुपईका छन्। शुक्रबार चीनमा थप २ हजार सात सयमा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर ६७ हजार नाघेको छ ।

तीमध्ये साढे ६६ हजार चीनकै छन् । कोरोना भाइरस संक्रमण रोक्न सक्दो प्रयास गरिरहेको चिनियाँ अधिकारीहरूले बताएका छन ।

राजधानी बेइजिङमा कोरोना भाइरस फैलन नदिन चीनले थप सतर्कता अपनाएको छ । अन्य भागबाट बेइजिङ फर्किएकालाई १४ दिन क्वारेन्टाइनमा राख्ने गरिएको छ ।

यसैबीच हङकङस्थित नेपाली महावाणिज्य दूतावासले त्यहाँ रहेका नेपालीलाई सचेत हुन र आवश्यक परेर सेवा लिन आग्रह गरिरहेको छ ।(अन्नपूर्ण पोष्टबाट )

वि.सं.२०७६ फागुन ४ आइतवार ०७:५० मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...