back
NMB ad

आदर्श सञ्चार र ओम बचत तथा ऋण सहकारी एकीकृत हुँदै

Kumari bank ad

बागलुङ ।  बागलुङ बजारमा सञ्चालित आदर्श सञ्चार सहकारी संस्था लिमिटेड र ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच एकीकरण हुने भएको छ ।

दुवै संस्थाको तर्फबाट गठित कार्यदलको आइतबार सम्पन्न संयुक्त वैठकले दुई संस्थाबीच एकीकरण गर्ने सहमति गरेको हो । दुवै संस्थाको कार्यक्षेत्र मिलेको, अधिकांश शेयर सदस्यहरु दोहोरिएको तथा दुवै संस्थाले गर्ने वचत तथा ऋणको कारोबारमा एकरुपता भएका कारण संस्थाहरुबीच एकीकरण गर्न लागिएको जनाइएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाको कार्यक्षेत्र बागलुङ जिल्ला भित्र र ओम वचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र बागलुङ नगरपालिका भित्र रहेको छ ।

दुई संस्थाको वार्षिक साधारणसभाबाट गठित कार्यदलबीच विभिन्न चरणमा भएको छलफल पछि संस्था एकीकरण गर्ने सहमति भएको आदर्श सञ्चार सहकारी संंस्था लिमिटेडका अध्यक्ष हुमाकुमारी जिसी अञ्जुले जानकारी दिनुभयो ।

एकीकृत संस्थाको नाम आदर्श सञ्चार सहकारी संस्था राख्ने, आदर्श सञ्चार सहकारी संस्थाले सञ्चालन गरेको आदर्श दैवी प्रकोप तथा सामाजिक सुरक्षा कोषलाई ओम दैवी प्रकोप तथा सामाजिक सुरक्षा कोषका नामबाट सञ्चालन गर्ने, दुवै संस्थाको सञ्चालक समिति र वित्तीय कारोबारलाई एकीकृत गरी आदर्श सञ्चार सहकारी संस्थाको कार्यालयबाट कारोबार सञ्चालन गर्ने सहमति भएको ओम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्रबहादुर महतले जानकारी दिनुभयो ।

सहकारी संस्था एकीकरण कार्यविधि अनुसार आवश्यक प्रक्रिया पुरा गरी फागुन २३ गतेभित्र एकीकरण घोषणा गर्ने गरी आवश्यक काम सम्पन्न गर्न दुवै संस्थाका व्यवस्थापनलाई जिम्मेवारी दिइएको ओम वचत तथा ऋण सहकारी संस्थाका सचिव के.बी. शाहीले जानकारी दिनुभयो ।

सूचना तथा सञ्चारसंगै वचत तथा ऋणको समेत कारोबार गर्दै आएको आदर्श सञ्चार सहकारी संस्था र बचत तथा ऋणको कारोबार गर्दै आइरहेको ओम बचत तथा ऋण सहकारी संस्था एकीकरण भई बन्ने एकीकृत संस्थामा १ हजार ८ सय जना शेयर सदस्य, ४ करोड शेयर पूँजि, २२ करोड बचत र २३ करोड कर्जा लगानी हुने आदर्श सञ्चार सहकारी संस्थाका कोषाध्यक्ष पूर्णबहादुर कार्कीले बताउनुभयो ।

आदर्श सञ्चार सहकारी संस्था र रेश बहुउद्देश्यीय सहकारी संस्थाबीच २०७३ मा एकीकरण भई काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा पहिलो सेवा केन्द्र सञ्चालन गरेको संस्थाले थप सेवाकेन्द्रमार्फत सदस्यहरुलाई सेवा दिने संस्थाले जनाएको छ ।

वि.सं.२०७६ फागुन ४ आइतवार १८:१८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...