back
NMB ad

कोरोना भाइरससम्बन्धी अध्ययनको निष्कर्ष : ८० संक्रमितलाई सामान्य ज्वरो मात्र

Kumari bank ad

काठमाडौं– चिनियाँ स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ (कोरोनाभाइरस) का ७० हजारभन्दा बढी बिरामीको विस्तृत विवरण पहिलोपटक सार्वजनिक गरेका छन् ।

चाइनिज सेन्टर फर डिजेज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिसिडिसी)को तथ्यांकले कोरोनाभाइरस संक्रमितमध्ये ८० प्रतिशत सामान्य बिरामी मात्र हुने र बुढेसकाल लागेका व्यक्तिहरु बढी जोखिममा रहेको देखाएको छ । उक्त अध्ययनले स्वास्थ्यकर्मीहरु संक्रमणको बढी जोखिममा रहने देखाएको छ ।

अध्ययनले कोरोनाभाइरस संक्रमितमध्ये २.३ प्रतिशतको मात्र मृत्यु भएको देखाएको छ । यो भाइरसबाट सबैभन्दा बढी प्रभावित चीनको हुबेई प्रान्तमा मृत्युदर २.९ प्रतिशत छ भने अन्य मुलुकको मृत्युदर ०.४ प्रतिशत मात्र छ ।

ताजा तथ्यांक अनुसार यो भाइरसले अहिलेसम्म १८ सय ७३ जनाको ज्यान लिएको छ । संक्रमितको संख्या ७३ हजार ४३३ छ । १२ हजार ६७७ जना उपचारपछि संक्रमणमुक्तभ एका छन् ।

अध्ययनले ८०.९ प्रतिशत संक्रमणलाई सामान्य, १३.८ प्रतिशतलाई गम्भीर र ४.७ प्रतिशतलाई चिन्ताजनक भनेको छ । यो संक्रमणबाट ज्यान गुमाउनेमा ८० वर्ष नाघेका व्यक्तिहरु बढी छन् । ८० भन्दा माथिको उमेर समूहका संक्रमितमध्ये १४.८ प्रतिशतको ज्यान गएको छ ।

त्यसैगरी, ९ वर्षसम्मका बालबालिका र ३९ वर्षसम्ममा व्यक्तिको मृत्युदर ज्यादै कम छ । यो उमेर समूहका संक्रमितमध्ये ०.२ प्रतिशतको मात्रै ज्यान गएको छ ।

४० देखि ४९ वर्ष उमेर समूहका संक्रमितमा मृत्युदर ०.४ प्रतिशत छ भने ५० देखि ६९ वर्ष उमेर समूहमा १.३ प्रतिशत छ । ६० देखि ६९ वर्ष उमेर समूहका संक्रमितमध्ये ३.६ प्रतिशतको ज्यान गएको छ । ७० देखि ७९ वर्ष उमेर समूहका ८ प्रतिशत संक्रमितको ज्यान गएको अध्ययनले देखाएको छ ।

लैंगिक हिसाबले हेर्दा यसबाट मर्ने महिलाभन्दा पुरुष धेरै छन् । संक्रमितमध्ये औसत २.८ प्रतिशत पुरुषको ज्यान गएको छ । महिलातर्फ ज्यान गुमाउने प्रतिशत १.७ प्रतिशत मात्र छ ।

 

वि.सं.२०७६ फागुन ६ मंगलवार १३:१८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...