तेस्रो घण्टामा ०.१४ अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्ब ४९ करोड, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । मंगलवार नेप्से कारोबार भएको तेस्रो घण्टामा शून्य दशमलव १४ अंकले बढेर १ हजार ३९८ दशमलव ३७ विन्दुमा पुगेको छ । १ हजार ३९८ दशमलव ८५ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा शून्य दशमलव शून्य १ प्रतिशत बढेको हो ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार, विकास बैंक, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी ७ समूहको परिसूचक घटेको छ । तेस्रो घण्टाको कारोबारमा १७८ ओटा कम्पनीको रू. १ अर्ब ४९ करोड बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिमा एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त बैंकको रू. ८ करोड ४७ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा बैंकको शेयर मूल्य रू. ५४६ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा दोस्रोमा हिमालयन डिष्टिलरीको रू. ७ करोड ३१ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. १ हजार ४२७ रहेको छ ।

२०७६ फागुुण ६ गते १४:१० मा प्रकाशित

You can share this post!

कोरोना भाइरससम्बन्धी अध्ययनको निष्कर्ष : ८०% संक्रमितलाई सामान्य ज्वरो मात्र

नेप्सेमा दुई कम्पनीको एक करोड ९४ लाख ७६ हजार कित्ता शेयर सूचिकृत

Related posts