back
NMB ad

शेयर बजार : २ अर्ब १२ करोड बढीको कारोबार, २ कम्पनीको शेयरमूल्यमा सर्किट

Kumari bank ad

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै बढेको छ । सोमबार उच्च अङ्कले बढेको बजार आज केही सुस्ताएर झिनो अङ्कले मात्रै वृद्धि भएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १.७७ ले वृद्धि भई एक हजार ४००.०१ मा पुगेको छ । लामो समयपछि नेप्सेले एक हजार ४०० माथि पुगेको हो ।

यस्तै सेन्सेटिभ परिसूचक १.०९ ले वृद्धि भई २९४.९५ मा पुगेको छ । नेप्सेमा झिनो सुधार देखिए पनि कारोवार रकम भने रु दुई अर्ब माथि पुगेको छ ।

कूल १८१ कम्पनीका ५४ लाख ६८ हजार ४८३ कित्ता शेयर रु दुई अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ बराबरको कारोवार भयो ।नेप्सेमा अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको मात्रै शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ ।

बैंकिङ ७.५३, व्यापार २.९५, विकास बैंक १४.५५, उत्पादन ३०.७५ र सामूहिक लगानी कोष ०.२ विन्दुले बढेको छ । यस्तै होटल ३३.२६, जलविद्युत् १७.६२, वित्त ५.८५, निर्जीवन बीमा ११.१५, अन्य २.३५, लघुवित्त १३.१ र जीवन बीमा ४५.९३ ले घटेको छ ।

कारोवारका आधारमा आज एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १० करोड ६५ लाख १५ हजार ६६२ बराबरको कारोवार भयो ।

यस्तै एनएमबी बैंक रु नौ करोड ५९ लाख १६ हजार ७३, हिमालयन डिस्टिलरी रु नौ करोड १४ लाख ९३ हजार ७६२, शिवम् सिमेन्ट रु सात करोड ५६ लाख ६९ हजार ४९१, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु छ करोड ९५ लाख ८६ हजार ६२८, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रु छ करोड ६१ लाख ७१ हजार ५७३ बराबरको कारोवार गरी शीर्ष स्थानमा रहे ।

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक ९.८७, घलेम्दी हाइड्रो ९.५२, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ७.१७, माउन्टेन हाइड्रो ४.३०, राष्ट्रिय बीमा कम्पनी ४.२४ र बोटलर्स नेपाल तराईका शेयरधनीले ४.१८ प्रतिशतले कमाए ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था ५.६८, पाँचथर पावर कम्पनी ४.५१, सेन्ट्रल फाइनान्स ३.८४, गुह्येश्वरी मर्चेन्ट बैंक ३.६७ र नेपाल फाइनान्सका शेयरधनीले ३.६४ प्रतिशतले गुमाए ।

वि.सं.२०७६ फागुन ६ मंगलवार १७:०३ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...