back
NMB ad

आईपीओ जारी गर्ने तयारी गरेको एनआईसी एशिया लघुवित्तको नाफा ११ करोडभन्दा बढी

Kumari bank ad

काठमाडौं । लघुवित्त क्षेत्रमा हालसम्मकै सबैभन्दा बढी आईपीओ जारी गर्न लागेको एनआईसी एशिया लघुवित्तले यस आर्थिक वर्षको ६ महीनामा रू. ११ करोड १२ लाख ७८ हजार खुद नाफा गरेको छ ।

गत वर्ष यसै अवधिमा कम्पनीले रू. ५ करोड ७७ लाख १० हजार नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ९२ दशमलव ८२ प्रतिशत बढी भएको हो ।

हाल रू. १ अर्ब ४५ लाख चुक्तापूँजी रहेको यस कम्पनीले रू. ४७ करोड ५५ लाख बराबरको आईपीओ जारी गर्न माघ ७ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ । यो कम्पनी एनआईसी एशिया बैंकको सहायक कम्पनी हो ।

दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ३१९ प्रतिशत बढेर रू. २१ करोड ८८ लाख ५७ हजार कायम भएको छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा १८४ प्रतिशत बढी रू. ७९ करोड ४९ लाख ४५ हजार निक्षेप संकलन गरी ७० दशमलव ६७ प्रतिशत बढी रू. ५ अर्ब ३४ करोड ८० लाख ८४ हजार कर्जा प्रवाह गरेको छ ।

निष्क्रिय कर्जा शून्य दशमलव ५२ प्रतिशत कायम हुँदा कम्पनीले यस अवधिमा रू. १ करोड २२ लाख १६ हजार खराब कर्जा उठाएको छ । सम्भावित जोखिम शीर्षकमा कम्पनीले रू. २ करोड ३४ लाखभन्दा बढी रकम छुट्याएको छ ।

वि.सं.२०७६ फागुन ८ बिहीवार १३:४१ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...