back
NMB ad

नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

Kumari bank ad

काठमाडौं । राजधानीको बढी पैदलयात्रुले सडक पार गर्ने चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण चाँडै सम्पन्न हुने भएको छ ।

सो पुलको डिजाइनमै समय बढी लागेको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताए । पुल निर्माणको अवधि गत पुसमा सकिएको छ ।

अहिले नियमित रुपमा निर्माण भइरहेकाले केही समयपछि सम्पन्न हुने उनले बताए । उनले भने, “बाँकी रहेको काम पनि अहिले नियमित रुपमा अघि बढेको छ ।” डिभिजन सडक कार्यालय काठमाडौँले गत चैतमा आठ महिनामा आकाशेपुल सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

ठेक्का सम्झौता भइसक्दा पनि सडकमा रहेका खानेपानीको पाइप, विद्युत्को पोललगायतका संरचना हटाउन नसकिएका कारण निर्माण शुरु गर्न केही ढिलाइ हुन गएको थियो ।

अहिले ती सबै संरचना हटाइ सकिएकाले नियमित रुपमा काम भइरहेको हो । यस स्थानमा महानगरपालिकाको आकाशेपुल निर्माणको योजना नभएकाले कार्यालयले अघि बढाएको थियो ।

सङ्घीय सरकारले निर्माण गरेका सडकमा सकेसम्म आफैँले आकाशेपुल निर्माण गर्ने प्रमुख नेपालीले बताए । सडक विभागले काठमाडौँ चक्रपथ सुधार योजनाअन्तर्गत कोटेश्वर–कलङ्की सडकखण्डमा पनि छ स्थानमा आकाशेपुल निर्माण गरिरहेको छ ।

कार्यालयले भने नयाँ बानेश्वर र कोटेश्वर गरी दुई स्थानमा आकाशे पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । कोटेश्वर चोकमा पनि आकाशेपुल निर्माणको प्रक्रियाअघि बढेपनि वडा कार्यालयले स्थान परिवर्तनको माग गरेपछि अघि बढ्न सकेको छैन ।

काठमाडौँ महानगरपालिकाले माइतीघर, टेकुलगायतका स्थानमा आकाशेपुल निर्माण गर्ने भनेको छ । माइतीघरमा पुल निर्माणको अवधि गत मङ्सिरमा सकिएपनि सम्पन्न भएको छैन ।

वि.सं.२०७६ फागुन ९ शुक्रवार ०५:०३ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...