बालुवाटारको एक्सन रुमबाट खुरुङ्गा खोला जलविद्युत आयोजना उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तेह्रथुमको माथिल्लो खुरुङ्गा खोला साना जलविद्युत आयोजनाको उद्घाटन गर्नुभएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको एक्सन रुपमबाट प्रधानमन्त्री ओलीले उक्त आयोजना उद्घाटन गर्नुभएको हो ।

तीन वर्षअघि उत्पादन अनुमतिपत्र लिएको तेह्रथुम पावर कम्पनी लिमिटेडले निर्माण सम्पन्न गरेपछि शनिबार उद्घाटन भएको हो । आयोजनाका प्रबन्ध सञ्चालक मोहन डाँगीका अनुसार सात दशमलव ५ मेगावाटको यो आयोजनाको विद्युत शनिबारबाट राष्ट्रिय प्रशारणमा जडान भएको छ ।

यो आयोजनाको पावर हाउस तेह्रथुमक जिल्ला मेन्छयायेम गाउँपालिका-६ मा छ। आयोजनाको इन्टेक र एलाइन्मेन्ट भने वडा नम्बर ४ र ५ मा रहेका छन । यो आयोजना एक अर्ब ३२ करोड ५० लाख लागतमा बनेको हो। आयोजनाको लागत अनुसार पर मेगावाट १७ करोड ६० लाख पर्न आउँछ ।

२०७६ फागुुण १० गते १८:३७ मा प्रकाशित

You can share this post!

डोलेश्वर महादेव बागमती प्रदेशकै धार्मिक गन्तव्य : मुख्यमन्त्री पौडेल

स्थानीय तहबाटै ३९ हजार शिक्षक दरबन्दी सृजना गरिने

Related posts