back
NMB ad

स्थानीय तहबाटै ३९ हजार शिक्षक दरबन्दी सृजना गरिने

Kumari bank ad

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयमा अपुग शिक्षक दरबन्दी चैत्रभित्र व्यवस्था गरिने बताउनुभएको छ ।

जनविकास माध्यमिक विद्यालयको ४१ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले धेरै विद्यालय खुलेकाले ३९ हजार शिक्षक दरबन्दी अभाव रहेको बताउनुभएको हो ।

स्थानीय तहबाट अपुग दरबन्दी सिर्जना गरिने मन्त्री पोखरेलको भनाइ छ । उहाँले सामुदायिक विद्यालयलाई सरकारले बजेट मात्र दिएर राम्रो नहुने भन्दै आत्मनिर्भर बन्न निजी विद्यालयसँग प्रतिस्पर्धा गर्ने खालको शिक्षा दिनुपर्नेमा जोड दिनुभएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी पढ्न आउन तयार रहेकोले त्यसका लागि व्यवस्थापन पक्षले वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।‘शिक्षकले नै आफ्ना बालबालिकालाई आफू पढाउने विद्यालयमा लिएर आउदैनन,’ उहाँले भन्नुभयो, ‘शिक्षकले आफ्ना बालबालिका विद्यालयमा ल्याएर पढाउने हो भने स्वतः विद्यालयको शिक्षा परिर्वतन हुन्छ ।’

मन्त्री पोखरेलले विद्यालय राम्रो बनाउने पहिलो जिम्मेवारी शिक्षकको रहेको बताउनुभयो । अब विद्यालयहरूलाई विकास, सीप र समृद्धिसँग जोड्नुपर्ने मन्त्री पोखरेलको अनुरोध छ ।

वि.सं.२०७६ फागुन ११ आइतवार ०५:४४ मा प्रकाशित

You can share this post!

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४७

काठमाडौँ, ४ वैशाखः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय...

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन   

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४२

काठमाडौँ, ४ वैशाखः संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस हुनुभएका तोयम...

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:२९

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको...

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...