काठमाडौं । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको हो ।
कोषले लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर र उक्त बोनसको कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
जसअनुसार कम्पनीले २९ करोड ५८ लाख ७१ हजार ३०७ रुपैयाँ बराबरको बोनस र १ करोड ५५ लाख ७२ हजार १ सय ४७ रुपैयाँ नगद वितरण गर्नेछ । कम्पनीको प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
वि.सं.२०७६ फागुन ११ आइतवार १३:०५ मा प्रकाशित