काठमाडौं । साताको पहिलो दिन शेयर बजार मापक नेप्से ६९.५६ अङ्कले बढेर १५०४.१४ अङ्कमा पुगेको छ । आइतवार नेप्सेसँगै कारोबार रकमले पनि ऐतिहासिक नयाँ रेकर्ड कायम गरेको छ ।
यसअघि गत बिहीबार २ अर्ब ७८ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएर इतिहास रचेको थियो । आइतवार ३ अर्ब ६० करोड ८५ लाख २६ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
यसकारण बढ्यो शेयर बजार :
अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल आगामी साता सकिँदैछ । उनको कार्यकाल सकिनेबित्तिकै त्यो ठाउँमा बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने समाचार सार्वजनिक भएपछि बजार ६९.५६ अङ्कले बढेको लगानीकर्ताहरु बताउँछन्।
त्यस्तै शेयर बजार बढ्नु वा घट्नु सामान्य रहेको जानकारक बताउछन । उनीहरुका अनुसार शेयर बजार बढ्नुको खास कारण नभएको जनाएका छन ।
वि.सं.२०७६ फागुन ११ आइतवार १५:२२ मा प्रकाशित