back
NMB ad

बैंकिङ अपराध दोब्बरले बढे : मिटर ब्याज र हुन्डीको पैसा उठाउन ‘चेक बाउन्स’

Kumari bank ad

काठमाडौं । भक्तपुरको सूर्य्विनायकमा बस्दै आएकी हेटौँडाकी रोजिता कर्माचार्य कौशलटारस्थित लक्ष्मी बैंकमा चेक साट्न पटक–पटक पुगिरहिन ।

कर्माचार्यसँग एकै व्यक्तिले दिएका २५ लाख रुपैयाँका तीनवटा चेक थिए । हरेकपटक बैंकका कर्मचारीले चेक दिने व्यक्तिको खातामा त्यति पैसा नभएको भनेर फर्काउँथे । १ चैत ०७५ मा काटिएका चेकबाट पैसा निकाल्न खोज्दा बैंकले पैसा नभएको भनेपछि उनले चेक बाउन्स गराइन ।

उनले चेक दिने काभ्रे नमोबुद्धका ‘छिरिङ’ भनिने कुमार लामाविरुद्ध गत ८ मंसिरमा महानगरीय प्रहरी वृत्त ठिमीमा उजुरी दिइन । कर्माचार्यसँग पैसा लिएपछि लामाले चेक दिएका थिए । तर, खातामा पैसा जम्मा गर्न नसकेका लामालाई कर्माचार्यको उजुरीपछि प्रहरीले गत २३ मंसिरमा पक्राउ गर्यो ।

उनीविरुद्ध प्रहरीले बैंकिङ कसुरमा मुद्दा चलायो । लामालाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न भनेपछि हाल नख्खु कारागारमा छन । तर, कुमारले रोजितासँग त्यतिका पैसा किन लगे ? र, किन फिर्ता गर्न सकेनन् ? भन्ने प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । कुमारविरुद्ध सिन्धुपाल्चोकका रामकुमार भण्डारीले पनि ५२ लाख ठगी गरेको उजुरी दिएका छन ।

तारकेश्वर नगरपालिका–१ का ५४ वर्षीय राजेन्द्र बुढाथोकी गत १४ माघमा पक्राउ परे । उनले एक व्यक्तिबाट पाँच लाख लिएको र फिर्ता गर्दा चेक दिए पनि पैसा जम्मा नगरेपछि चेक बाउन्सको मुद्दामा अदालतले सजाय तोकेको थियो । उनलाई उच्च अदालत पाटनको २८ असोज ०७६ को फैसलाले १५ दिन कैद र पाँच लाख जरिवाना तोकेको थियो ।

उस्तै, मुद्दामा दोषी ठहरिएका कलंकी बस्ने ३० वर्षीय राजेश बम पनि गत साता पक्राउ परे । उनले पैसा नभए पनि माछापुच्छे् बैंकको तीन लाख ५० हजारको चेक काटेको खुलेको थियो । उनीविरुद्ध अदालतले पाँच दिन कैद र तीन लाख ५० हजार जरिवानाको फैसला गरेको थियो ।

भक्तपुर–४ का दिनेश सुवालले सिर्जना कार्कीबाट २६ कात्तिक ०७६ मा दुईवटा चेक लिए । कार्कीले सुवाललाई फिर्ता गर्नुपर्ने १५ लाख ५० हजार रुपैयाँ थियो । पहिलो चेक नौ लाख ५० हजार रुपैयाँको एनआइसी एसिया बैंकको र अर्को सिद्धार्थ बैंकको ६ लाख रुपैयाँको थियो ।

आफूले पाउने रकम माग्दा पाएका चेक नसाटिएपछि उनले पनि बाउन्स गराए । कार्की्विरुद्ध प्रहरीले बैंकिङ कसुरको मुद्दा चलायो । प्रहरीमा त्यसपछि उजुरीका चाङ लागे । कार्की्विरुद्ध मात्रै पाँच उजुरी परे । उनीविरुद्ध पूजा थापामगरले १८ लाख ५० हजार, टीकामाया सुनुवारले १५ लाख, रूपा भण्डारीले नौ लाख ८० हजार र सपना सुनुवारले पाँच लाख रुपैयाँ ठगी गरेको उजुरी परेको प्रहरी वृत्तले जनाएको छ ।

भक्तपुरको ठिमी प्रहरी वृत्तमा मात्रै उस्तै प्रकृतिका २८ मुद्दा परेका छन । अन्य दर्जनौँ मुद्दा अनुसन्धानको प्रक्रियामा छन । यहाँ मात्रै होइन, काठमाडौं उपत्यकामै बैंकिङ कसुर, ठगी र आर्थिक अपराध मौलाएको छ ।

‘अघिल्लो वर्षमा एक हजार आठ सय १९ मुद्दा दर्ता भएका थिए, यसवर्ष ६ महिनामै त्योभन्दा बढी अर्थात् एक हजार आठ सय ४३ मुद्दा दर्ता भइसके ।’ प्रहरीको काम नै कालो धन्दामा डुबेको पैसा उठाइदिने मात्रै भएको जस्तो गरी मुद्दा लड्न प्रहरीलाई भ्याइनभ्याइ छ ।

डिएसपी शान्तिराज कोइराला भन्छन, ‘उस्तै प्रकृतिका मुद्दा धेरै छन, अधिकांशले वैदेशिक रोजगार, व्यवसाय, घरायसी कामकाज र अन्य कारण देखाएका छन । तर, प्रायः घटनामा अनुसन्धान गर्दा पैसा लिनुको कारण त्यस्तो देखिँदैन ।’ सहरमा हुन्डी, मिटर ब्याज र जुवामा पैसा लगाउने र नउठेपछि चेक बाउन्स गराई पैसा उठाउन प्रहरीकहाँ उजुरी दिने विकृति मौलाएको डिएसपी कोइराला बताउँछन ।

‘धेरै कमाउने लोभले जानीजानी गैरकानुनी धन्दामा पैसा डुबाउँछन, फिर्ता नभएपछि उजुरी गर्छन्,’ उनी भन्छन, ‘प्रहरीको काम नै ठगीको पैसा उठाउने मात्रै भएझैँ छ ।’ साँच्चिकै ठगीका मुद्दामा प्रहरीको दायित्व भए पनि बैंकिङ कसुरसम्बन्धी नयाँ ऐन आएपछि मिटर ब्याज, जुवा वा हुन्डीमा फसेको पैसा उठाउन सहज देखिएको प्रहरीको भनाइ छ ।

तर, मुद्दाको फैसलासम्म पुग्दासमेत पक्ष, विपक्ष र साक्षीले समेत मिटर ब्याज वा हुन्डीमा लगानी गरेको खुलाउँदैनन । यस्ता प्रकृतिका सबै मुद्दा सरकारवादी हुन्छन । उच्च अदालत पाटनका उपरजिस्टार शम्भुप्रसाद रेग्मी भन्छन, ‘मुद्दाको मिसिलमा त्यस्ता कुरा खुल्दैनन, खाली लेनदेनमा ठगी भएको कुरा आउँछ, पैसा नतिर्ने नियत देखिन्छ ।’

दोब्बरले बढे ‘बैंकिङ अपराध’

पछिल्ला वर्ष उपत्यकासहित बागमती प्रदेशका ११ जिल्लामा ‘बैंकिङ कसुर’सम्बन्धी अपराध दोब्बरले वृद्धि भएका छन । उच्च अदालत पाटनको वाणिज्य इजलासमा चालू आर्थिक वर्षको हालसम्म तीन हजार ९१ वटा मुद्दा छन । तीमध्ये दुई हजार नौ सय ६७ मुद्दा बैंकिङ कसुरका मात्रै छन ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्म अर्थात् ६ महिनामा बैंकिङ कसुरमा मात्रै एक हजार आठ सय ४३ मुद्दा दर्ता भए । अदालतका उपरजिस्टार रेग्मी भन्छन, ‘अघिल्लो वर्षमा एक हजार आठ सय १९ मुद्दा दर्ता भएका थिए, यसवर्ष ६ महिनामै त्योभन्दा बढी अर्थात् एक हजार आठ सय ४३ मुद्दा दर्ता भइसके ।’ रेग्मीका अनुसार आधाभन्दा बढी मुद्दा चेक बाउन्ससँग सम्बन्धित छन । अरू मुद्दा ऋण प्रवाह, कर्मचारी र सञ्चालकको स्वार्थ, विद्युतीय कारोबारमा ठगीलगायत छन ।

आर्थिक वर्ष ०७३(७४ मा बैंकिङ कसुरमा ७० मुद्दा थिए । त्यो वर्ष १५ वटा मात्रै फैसला भए । ०७४(७५ मा चार सय ५१ नयाँ मुद्दा थपिए र अघिल्लो वर्षको जिम्मेवारी सरेका ५५ सहित पाँच सय ६ मुद्दा थिए । सो वर्ष अदालतले एक सय ६१ मुद्दा फस्र्योट ग¥यो । आव ०७५(७६ मा मुद्दा दर्ताको क्रम ह्वात्तै बढ्यो र एक हजार आठ सय १९ मुद्दा दर्ता भए, जिम्मेवारी सरेका तीन सय ४५ सहित जम्मा मुद्दा दुई हजार एक सय ६४ थिए ।

चालू आर्थिक वर्षमा अदालतले अहिलेसम्म नौ सय ८३ मुद्दा फस्र्योट गरेको छ । यहाँबाट काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीका नागरिकले सेवा लिन्छन । यसभन्दा अघि जिल्ला अदालतले हेर्ने गरेका चेक अनादरका मुद्दाको अधिकारसमेत उच्च अदालतमै केन्द्रित भएकाले मुद्दाको चाप बढेको उपरजिस्टार रेग्मीले बताए  ।(नयाँपत्रिका बाट)

वि.सं.२०७६ फागुन १२ सोमवार ०८:३५ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...