back
NMB ad

फागुन २० देखि सिटिजन्स बैंकले साढे दुई अर्बको ऋणपत्र निष्कासन गर्ने, व्याजदर कति ?

Kumari bank ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फागुन २० गतेदेखि रू. २ अर्ब ५० करोड बराबरको  निष्कासन गर्ने भएको छ ।

बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि विक्री गर्नेछ ।

सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याएको छ । र बाँकी रू. १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता ऋणपत्र भने व्यक्तिगत तवरबाट विक्री खुला गर्ने भएको हो ।

२०८६ मा परिपक्व हुने यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतमा ९ लाख ७० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । प्रति ऋणपत्रमूल्य रू. १००० तोकिएको छ ।

विक्री प्रबन्धक नेपाल ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आवेदकले ग्लोबल आइएमई क्यापिटल लिमिटेड, सिटिजन्स बैंक इन्टरनेसनलका शाखा कार्यालयहरु तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि ( आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

ऋणपत्रलाई इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी एल ट्रिपलबि प्लस’ रेटिङ प्रदान गरेको छ । बैंकले धितोपत्र बोर्डसँग माघ २१ गते स्वीकृति पाएसँगै ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकको ऋणपत्रमा छिटोमा फागुन २३ गते तथा ढिलोमा चैत ४ गतेसम्म आबेदन दिन सकिनेछ ।

वि.सं.२०७६ फागुन १३ मंगलवार ०९:२१ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...