back
NMB ad

राधाकृष्ण कृषि सहकारीका शेयर सदस्यहरुलाई सहकारी सचेतना

Kumari bank ad

काठमाडौं । राधाकृष्ण कृषि सहकारी संस्था लिमिटेड बेनी नगरपालिका वडा नं. २ म्याग्दीका शेयर सदस्यहरुका लागि आयोजना गरिएको २ दिने सहकारी सचेतना कार्यक्रम बुधवार सम्पन्न भएको छ ।

सहकारीको उद्देश्य अनुसार काम गर्न सदस्यहरुलाई सक्रिय बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ । वडा भित्रका सम्पूर्ण बासिन्दालाई सहकारीमा आवद्ध गराई कृषि तथा उद्यमशिलतामार्फत आर्थिक रुपमा सम्पन्न बनाउने लक्ष्यका साथ स्थापित संस्थाले तालिमको पहिलो दिन बेनी नगरपालिका वडा नंं २ भकुण्डेमा र दोस्रो दिन खबरामा तालिम सञ्चालन गरेको हो ।

तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी ऐन अनुसार सबै सहकारीले मुख्य कारोबारका रुपमा आफ्नो उद्देश्य अनुसारको काम गर्नु पर्नेमा जोड दिनुभयो ।

कृषि सहकारीले बचत तथा ऋण मात्र गर्ने अवस्थाको अन्त्य गरी कृषि क्षेत्रमा बढी भन्दा बढी लगानी गरी सदस्यहरुलाई आयआर्जनमा केन्द्रीत गर्नु पर्ने उहाँको सुझाव थियो ।

कार्यक्रममा बेनी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हिरा बहादुर थापा, नगर कार्यकालिका सदस्य गौमती नेपाली लगायतले सहकारीमार्फत सदस्यहरुलाई उत्पादनमा जोड्नु पर्नेमा जोड दिनुभएको थियो ।

संस्थाका अध्यक्ष भद्रबहादुर कार्कीले संस्थाको समग्र अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । कृषि क्षेत्रमा लागेका सदस्यहरुलाई ब्याज छुट तथा उत्पादनका आधारमा अनुदानको व्यवस्था गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र पर्वतसंगको सहकार्यमा कृषि उत्पादनमा लागेका २० जना शेयर सदस्यहरुलाई २ लाख सम्मको कृषि सामग्री प्रदान गरिएको, कृषकहरुलाई आवश्यक रासायनिक मल, विउ विषादी तथा कृषि औजारहरु सुपथ मूल्यमा उपलब्ध गराई सदस्यहरुलाई कृषि पेशातर्फ आकर्षित गराउने काम संस्थाले गर्दै आएको उहाँको भनाइ थियो ।

तालिममा कृषि सहकारीले गर्नु पर्ने काम, सहकारी ऐन तथा नियममा भएको व्यवस्था, कृषि सहकारीमार्फत उद्यमशिलताको विकास, सहकारीमा सदस्यहरुको काम कर्तव्य र अधिकार लगायतका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गरेको सचिव सोवित शर्माले जानकारी दिनुभयो ।

१ सय ४५ जना अगुवा कृषकहरु शेयर सदस्य रहेको संस्थो भैसीपालन, बाख्रापालन, तरकारी खेती, कुखुरापालन, महिला कृषि उद्यम लगायतका क्षेत्रमा ३ करोड ५० लाख रुपैया कर्जा लगानी गरेको संस्थाका कोषाध्यक्ष मिना शर्माले जानकारी दिनुभयो ।

वि.सं.२०७६ फागुन २२ बिहीवार ११:५९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...