काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको १ करोड २८ लाख ७३ हजार ५७ दशमलव ७६ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।
बिहीवार नेप्सेमा ज्योति विकास बैंकको ३९ लाख ५२ हजार ५४९ दशमलव १२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत भएको उक्त शेयर लगानीकर्ताले अब दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।
यस्तै, बुधवार नेप्सेमा लक्ष्मी बैंकको ८९ लाख २० हजार ५०८ कित्ता बोनस शेयर सूचिकृत भएको हो । आर्थिक वर्ष २०७५–७६ को नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर नेप्सेमा सूचीकृत गरिएको हो ।
वि.सं.२०७६ फागुन २२ बिहीवार १३:०५ मा प्रकाशित