back
NMB ad

बैंकका कर्मचारीलाई फाइदै फाइदा, यस्ता छन् सुविधाहरु

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले तयार पारेको कर्मचारी सेवा विनियमावलीको मस्यौदामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुविधै सुविधा दिएको छ ।

मस्यौदामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले पाउने सेवा सुविधा, कर्मचारी भर्ना प्रक्रिया र व्यवस्था, पालना गर्नुपर्ने आचरण जस्ता विषय उल्लेख गरिएको छ ।

कर्मचारीहरुले चाडपर्व खर्च, विशेष तथा अतिरिक्त (बढी) समय काम गरे वापतको भत्ता, कार्यालय पोशाक भत्ता, संचयकोष, कर्मचारी सापटी सुविधा, दैनिक तथा भ्रमण भत्ता पाउनेछन् ।

साथै बैंक तथा वित्तीय सँस्थाले कर्मचारीको उपदानको व्यवस्था, कर्मचारीको सेवाको सुरक्षा, जोखिम बीमा, यातायातको सुविधा पनि पाउँछन् ।
बैंकरवित्तीय संस्थाका कर्मचारीको भत्ता, सुविधा तथा ग्रेड (तलब वृद्धि रोक्का वा निलम्वन गरिएको बाहेक) एक वर्ष सेवा अवधि पूरा गरेका प्रत्येक कर्मचारीले प्रत्येक श्रावण १ गते कर्मचारी सेवा सुविधा समितिको सिफारिसमा समितिले समय समयमा निर्धारण गरे बमोजिम हुने रकम बरावरको एक तलबमान वृद्धि पाउनेछ ।

कर्मचारीको श्रीमान श्रीमती, छोरा, छोरी, बाबु, आमा, बाजे, बज्यै वा महिला कर्मचारीको हकमा सासू, ससुराको मृत्यु भएमा वा कर्मचारीको मृत्यु भएमा समितिले तोकेअनुसार दाह संस्कार खर्च दिइनेछ ।

यस्तै कुनै कर्मचारीले पकाएको तलब, भत्ता निज जुनसुकै कारणबाट सेवामा नरहे पनि पाउँनेछ । चाडपर्व खर्च सुविधाः (१) बैंक/वित्तीय संस्थाका कर्मचारीहरुलाई चाडपर्वको उपलक्ष्यमा चाडपर्व शुरु हुनु भन्दा पन्ध्र दिन अगावै एक महिनाको खाइपाई आएको तलब, भत्ता, चाडपर्व खर्च वापत दिइनेछ ।

यसरी चाडपर्व खर्च दिँदा घटस्थापनको अघिल्लो दिन छ महिना सेवा अवधि पुगेको कर्मचारीलाई पुरा तथा सो भन्दा कम सेवा अवधि पुगेको कर्मचारीलाई समानुपातिकरुपले प्रदान गरिनेछ । बैंकका कर्मचारीले ११ प्रकारको बिदा पाउँनेछन् ।

वैकरवित्तीय संस्थाको सेवामा रहेका कर्मचारीको खाइपाइ आएको तलबभत्ताबाट १० (दश) प्रतिशत रकम कट्टा गरी सो रकममा वैक/वित्तीय संस्थाको तर्फवाट शतप्रतिशत थप गरी प्रत्येक महिना कर्मचारी संचयकोष रसामाजिक सुरक्षा कोषमा रकम जम्मा गरिनेछ । कार्यालय पोशाक लगाउनु पर्ने कर्मचारीलाई वार्षिक रुपमा पोशाक खर्च दिनुपर्नेछ ।

कर्मचारीहरुलाई कर्मचारी सेवा सुविधा समितिको ज्ञट सिफारिशमा समितिले समय/समयमा निर्धारण गरी दैनिक तथा भ्रमण भत्ता प्रदान गरिनेछ ।

गर्भवती भएको जानकारी संस्थालाई दिनुपर्ने

मस्यौदामा महिला कर्मचारीले आफु गर्भवति भएको जानकारी बैंक र वित्तीय संस्थालाई दिनुपर्नेछ । यसरी जानकारी प्राप्त भएमा निजलाई रातको समयमा वा लगातार उभिनु पर्ने काममा वा चिकित्सकले नीजको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भनी उल्लेख गरिदिएको काममा नलगाइने उल्लेख छ ।

यस्तै गर्भवती महिला कर्मचारीलाई प्रसुति हुनु भन्दा अघि वा पछि सेवा अवधिमा दुई पटक सबै सुविधा सहितको मातृत्व संरक्षण बिदा दिइनेछ ।बैंक र वित्तीय संस्थाको सेवामा रहेका महिला कर्मचारीले प्रसुति हुनुभन्दा अगाडि र पछाडि गरी १४ हप्ताको मातृत्व संरक्षण बिदा पाउनेछ ।

यस्तो विदामा बस्ने कर्मचारीले ६० दिन सम्म पुरा तलव भत्ता पाउनेछ र ६० दिन भन्दा बढी निजले उपभोग गरेको मातृत्व संरक्षण बिदा निजले पाउने अन्य बिदाबाट कट्टी हुने गरी हिसाव मिलान गर्न सकिनेछ ।

गर्भवती महिला कर्मचारीले प्रसुति हुने संभावित मितिभन्दा कम्तिमा एक हप्ता अगाडिदेखि अनिवार्य बिदामा वस्नु पर्नेछ । सम्वन्धित कर्मचारीले माग गरेमा यस्तो विदा लगातार ६ हप्तासम्म पनि थप गर्न सकिनेछ ।

यस्तो बिदा अन्य संचित विदाबाट कट्टी हुने गरी हिसाव मिलान गरिनेछ । मातृत्व संरक्षण बिदा कुल सेवा अवधिमा दुई पटक सम्म प्रदान गरिने मस्यौदामा उल्लेख छ ।

वि.सं.२०७६ चैत ८ शनिवार ०८:२५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...