back
NMB ad

कोरोनाको असर छैन माथिल्लो तामाकोशी विद्युत् आयोजनामा

Kumari bank ad

दोलखा । बाँधलगायत हेडवर्क्सको प्राविधिक परीक्षण गरिरहेको माथिल्लो तामाकोशी विद्युत् आयोजनाको काममा अहिलेसम्म कोरोना भाइरसको प्रकोपले खासै प्रभाव नपारेको आयोजनाले बताएको छ ।

स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा अहिले बाँध, इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट, स्टपलगलगायत अन्य हेडवक्र्सका संरचनाको प्राविधिक परीक्षण शुरु भइरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए ।

उनका अनुसार परीक्षणका क्रममा बाँधमा पानी राखेर परीक्षण शुरु गरिएको र अहिलेसम्मको परीक्षण राम्रो रहेको छ । परीक्षणको काम आवश्यकताअनुसार दुई हप्तासम्म चल्न सक्ने परीक्षणमा संलग्न प्राविधिकहरुले बताएका छन् ।

आयोजनामा मुख्य कामदार र प्राविधिक चिनियाँ, इटालियाली र भारतीय नागरिक छन् तर उनीहरु कोरोनाको समस्या हुनुअघिदेखि नै निरन्तर आयोजनाको काममा नै रहेकाले समस्या नभएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

आयोजनामा ठेकेदार कम्पनीको काममा अहिलेसम्म समस्या नभए पनि कन्सल्टेन्टको काममा भने केही समस्या देखिएको छ । कोरोना भाइरसको प्रकोपपछि आयोजनाको कन्सल्टेन्ट कम्पनीमा काम गर्ने विज्ञ तथा प्राविधिकले अहिले आफ्नै घरबाट निर्देशन गरिरहेको आयोजनाले बताएको छ ।
नेपालमा कोरोनाको समस्या नरहेको र आयोजनामा काम गर्ने कामदार, प्राविधिकहरु कोरोना प्रकोपअघिदेखि नै काममा रहेकाले समस्या नभएको तर आजदेखि भने आयोजनाको भ्रमणमा बाहिरको मानिसलाई आउन नदिइने श्रेष्ठले बताए ।
आयोजनाको काम अहिलेसम्म ९९ दशमलव ४ प्रतिशत सकिएको र आगामी असारभित्र एउटा टर्वाइनबाट ७६ मेगावाट परीक्षण उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको श्रेष्ठले बताए । आयोजनामा छ ओटा टर्वाइन रहेको र प्रत्येक टर्वाइनबाट ७६ मेगावाट विद्युत् उत्पादन हुने उनको भनाइ छ ।

विसं २०६७ भदौ १७ गतेदेखि मुख्य सिभिल निर्माणकार्य शुरुआत गरिएको यस आयोजनामा विसं २०७२ वैशाख महीनामा गएको भूकम्प र त्यसपछिको तराई आन्दोलन तथा लामोसाँघु चरिकोट सडकको स्तरोन्नतिका कारणले निर्माण सम्पन्न हुने अवधिमा विलम्ब हुन गएको आयोजना प्रवक्ता डा गणेश न्यौपानेले बताए ।

प्रवक्ता न्यौपानेले भने, ‘वर्तमान कार्यप्रगतिका आधारमा यस आयोजनाबाट विसं २०७७ को असार मसान्त या साउन पहिलो साताभित्र परीक्षण उत्पादन शुरु गरिने र कुनै समस्या नभए त्यसले निरन्तरता पाउने छ ।’

दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको यो आयोजनाका लागि ब्याजबाहेक रू.४९ अर्ब २९ करोड लागत प्रक्षेपण गरिएको बताइएको छ । रासस

वि.सं.२०७६ चैत १० सोमवार १६:१४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...