काठमाडौं । नेपालमा दोस्रो पटक कोरोना भाइरस कोभिड १९ भाइरस पोजेटिभ देखीएकी किशोरीसँगै आएका बागलुङ ढोरपाटनका युवालाई पनि बिशेष निगरानीमा राख्न बुर्तिबाङ बजार ल्याइदै छ ।
गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको आइतबार स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभ पाइए पछि उनीसँगै एउटै हाजमा आएका व्यक्ति बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका अधिकारीचौरका युवालाई पनि बिशेष निगरानीमा राख्न पहल थालिएको छ ।
कोरोनाको कुनै पनि लक्षण नदेखीएको तर युवति सँगै कतार बाट आएको हुनाले क्वारेन्टाइनमा राखेर परिक्षण लगाएतका प्रकृया अगाडि बढाईएको ढोरपाटन नगरपालिकाका मेयर मेयर देव बहादुर नेपालीले जानकारी गराउनु भयो ।
संक्रमित किशोरीको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ । उनीहरु चैत ४ गते कतारको दोहा ट्रान्जिट हुँदै काठमाडौं आएकि थिईन।
वि.सं.२०७६ चैत ११ मंगलवार ०९:३१ मा प्रकाशित