back
NMB ad

मेलम्ची खानेपानीलगायत सिन्धुपाल्चोकमा सञ्चालित सबै योजना ठप्प

Kumari bank ad

सिन्धुपाल्चोक । कोरोना भाइरस(कोभीड–१९) संक्रमणलाई फैलन नदिन सरकारले देशभर लक डाउन गरेपछि बहुचर्चीत मेलम्ची खानेपानी लगायत सिन्धुपाल्चोकमा सञ्चालित सबै योजनाका कामहरु ठप्प भएका छन् ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनमा समेत कोरोनाको प्रत्यक्ष प्रभाव परेको छ । देशभर लक डाउन भएपछि हामीले आयोजनामा भइरहेको सबै काम रोकेका छौ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भने ।

एक साता अघि मात्रै खानेपानी मन्त्री विना मगरको उपस्थितिमा मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी हालेर पहिलो परीक्षण सम्पन्न भएको थियो ।

दशै अघि नै मेलम्चीको पानी काठमाडौमा ल्याउने योजना अनुसार तिव्र गतिमा काम भइरहेपनि कोरोनाका कारण अब ढिला हुन सक्ने कार्यकारी निर्देशक खत्रीले बताए । आयोजना स्थलमा काम गर्ने स्थानीय मजदुरहरु घर फर्केपनि विदेशी मजदुरहरु भने आयोजना स्थलमा नै सुरक्षीत संग बसिरहेको खत्रीले बताए ।

आयोजना क्षेत्रमा अहिले ६ स्थानमा काम भइरहेको छ । ६ स्थानमा गरी २ सय ५० बडी कामदार भएपनि स्थानीय कामदारहरु सबै घर गएको खत्रीले बताए । आयोजनामा ४२ चिनियाँ मजदुरहरु रहेको आयोजनाले जानकारी दिएको छ । अहिले आयोजना स्थलमा बाँध बनाउने।सुरुङमार्गमा गेट बनाउने लगायतका कामहरु भइरहेको छ । अडिट टनेल बन्द गर्ने,भेन्टीलेसन लगायतका काम पनि भइरहेपनि त्यो सबै काम अहिले रोकिएको आयोजनाले जानकारी दिएको छ ।

इटालीयन ठेकेदार कम्पनी सिएमसीले काम छाडेपछि बाँकी काम पुरा गर्न सरकारले चिनियाँ सिनो हाइड्रोलाई खानेपानी आयोजनाको काम दिएको थियो । असोज भित्र आयोजनाको काम सम्पन्न हुने गरी सिनोसँग ठेक्का सम्झौता भएको थियो ।

साढे २६ किलोमटिर सुरुङ मध्ये बाँकी रहेको काम पुरा गर्न ८५ करोड र हेडवक्स लगायत अन्य संरचनाको काम गर्न १ अरब २ करोड रुपियाँमा सिनो सँग ठेक्का सम्झौता भएको थियो । असोज भित्र सुरुङको काम पुरा गरे ठेकेदार कम्पनीलाई आयोजनाको तर्फबाट १० प्रतिशत बोनस दिने घोषणा समेत आयोजनाले गरेको थियो ।

मेलम्ची खानेपानी आयोजना मात्रै होइन कोरोनाका कारण जिल्लामा निर्माणधिन जलविद्युत आयोजना देखि अन्य सबै निर्माणका कामहरु रोकिएका छन् । १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको काम सबै रोकिएको मध्यभोटेकोशी जलविद्युत आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी दिए ।

वर्षा अघि नै हेडवक्र्सको काम सम्पन्न गर्नुपर्ने भएपनि कोरोनाका कारण काम गर्न समस्या भउको प्रमुख लामाले जानकारी दिए । अरु काम बन्द भएपनि हेडवक्र्सको काम चाँही गर्ने हो क ीभनेर टिमसँग बसेर छलफल हुदै छ आयोजना प्रमुख लामाले भने । साढे सात किलोमिटर सुरुङ मध्ये आयोजनको अब करिब ५ सय मिटर मात्रै सुरुङको काम बाँकी रहेको आयोजना प्रमुख लामाले जानकारी दिए ।

तिन वटा टनेल मध्ये टनेल थ्रिको बे्रक थु्र भएपनि टनेल १ को ४५० र २ को ५० मिटर खन्न बाँकी रहेको छ । समग्रमा आयोजनाको ९३ प्रतिशत काम पुरा भएको छ । २०२० को अन्तसम्म विद्युत उत्पादन गर्ने लक्ष्य भएपनि सबै कारणले गर्दा अब फेरी यो मिति पर धकेलीने आयोजना प्रमुख लामाले जानकारी दिए । आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । बलेफी करिडोरमा निर्माण भइरहेका जलविद्युत आयोजनाका सबै काम पनि रोकिएको छ ।

त्यस्तै जिल्लामा स्थानीय,प्रदेश र संघबाट सञ्चालित विभिन्न विकास निर्माणका सबै काम रोकिएको छ । योजनामा काम गर्ने सबै मजदुरहरु घर गएको र निर्माण सामग्रीको पनि अभाव भएपछि सबै योजनाका काम रोकिएको निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष छत्र तामाङले जानकारी दिए । तिनै सरकारको तर्फबाट जिल्लामा झण्डै १० अरबका योजनाहरु सञ्चालनमा थिस्ए । ठेक्का मार्फत सुरु भएका योजना र उपभोक्ता समिति मार्फत हुदै गरेका कामहरु सबै रोकिएको अध्यक्ष तामाङले जानकारी दिए । (राजधानी दैनिकबाट)

वि.सं.२०७६ चैत १२ बुधवार ११:३३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...