back
NMB ad

एनसेलले दियो यस्तो सुविधा : रिचार्जमा १२०% बोनस, निशुल्क डाटा र २०० रुपैयाँसम्म सापटी

Kumari bank ad

काडमाडौं । एनसेलका सबै ग्राहकले बिहीबार (चैत्र १३) बाट लागु हुने गरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सक्ने भएका छन् ।

एनसेल प्रालीले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि अहिले देशभर कायम रहेको ‘लकडाउन’को अवस्थामा ग्राहकलाई दूरसञ्चार सेवा पहुँचमा कुनै कठिनाइ नहोस् भनेर बोनस रकम प्रतिशतमा वृद्धि गरेको जनाएको छ ।

ग्राहकले रिचार्ज बापत प्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्क्भित्रका अन्य नम्बरहरुमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । रिचार्ज कार्ड, भीएफटी, इलेक्ट्रोनिक रिचार्ज लगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त हुन्छ ।

यो योजनाअन्तर्गत एनसेलका ग्राहकले ५०, १००, २००, ३००, ५०० र १००० रुपैयाँको रिचार्जमा बोनस प्राप्त गर्न सक्छन् । उदाहरणका लागि यो योजनाअन्तर्गत ५० रुपैयाँको रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप ६० रुपैयाँ प्राप्त गर्दछन् । बोनस रकम तीन दिनसम्मका लागि मान्य हुनेछ ।

अहिलेको विपद्को परिस्थितिलाई मध्यनजर गदैं बुधबारमात्र एनसेलले निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, सात दिन समयावधि भएको १५ जीबीको स्टे होम प्याक र २०० रुपैयाँसम्म एनसेल सापटी लिन सकिने व्यवस्था पनि गरेको थियो ।

वि.सं.२०७६ चैत १४ शुक्रवार ०७:२८ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...