back
NMB ad

कोभिड-१९ चेक प्वाइन्ट राखेर बन्द रंगशालामा क्रिकेट खेलाउने तयारी

Kumari bank ad

काठमाडौं । इंगल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले क्रिकेट शुरु गर्नको लागि बन्द रंगशालमा कोरोना भाइरस चेक प्वाइन्ट र आइसोलेसन सेन्टरको व्यवस्था गर्ने जनाएको छ ।

विश्वभर फैलिरहेको कोरोना भाइरस महामारी कोभिड १९ को कारण अहिले विश्व खेलकुद जगत नै ठप्प छ । लामो समय चल्ने क्रिकेट गतिविधि पनि हुन सकिरहेको छैन ।

कोभिड १९ कै कारण इंगलिस क्रिकेट कम्तीमा मे २८ सम्मका लागि स्थगित छ तर ईसीबीले भने त्यसपछि दर्शक बिना रंगशालामा अन्तराष्ट्रिय  क्रिकेट गर्ने तयारी गरेको छ । ईसीबी अहिले खेल आयोजना गर्न सरकारको ग्रीन सिग्नलको पर्खाईमा छ ।

इंग्ल्याण्ड र वेस्ट इन्डिजबीचको टेष्ट सिरिज ४ जुन देखि दि ओभरमा शुरु हुने तयारी छ । ईसीबीका इभेन्ट निर्देशक स्टिभ एलवोर्थीले बन्द रंगशालमा अन्तराष्ट्रिय खेल कस्तो हुनेछ भनेर विचार गरिरहेको बताए । एलवोर्थीले यसका लागि कोही भाइरस संक्रमित भए त्यसको पहिचान गरिहाल्नुपर्ने बताए ।

एलवोर्थीले रंगशालामा कोरोना टेष्ट गर्न ईसीबीको मेडिकल टिम हुने र आइसोलेसन बुथसमेत रहने बताए । ‘कोही कोभिड १९ पोजिटिभ भेटिएको मैदान छाड्नुअघि टेम्पररी रुपमा आइसोलेसन बुथमा रहन सक्नेछन् ।

एउटा सामान्य खेल खेलाउँदा कम्तीमा १५ सय व्यक्तिले काम गरिहेका हुनेछन् । तर स्टेवार्ड्स र क्वाटरिङलाई हटाउने हो भने यो संख्या तीन सय ५० जतिमा झार्न सकिनेछ’ एलवोर्थीले भने ।

बेलायत सरकारले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन लकडाउनको निर्णय गर्नुअघि ५ सय वा त्योभन्दा कम मानिस जम्मा हुन पाइने जनाएको थियो । तर अहिले बेलायत लकडाउनमा छ ।

वि.सं.२०७६ चैत १५ शनिवार १२:२६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...