back
NMB ad

नेपाल टेलिकमको रिङ-ब्याक टोनमा विदेशबाट आएकालाई अनिवार्य क्वरेण्टीनमा बस्न सुझाव

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमले आइतबारदेखि रिङब्याक टोन परिवर्तन गरेको छ । टेलिकमले आइतबारदेखि विदेशबाट आएका नागरिकलाई परिवारबाट छुट्टै अर्थात् अनिवार्य क्वरेण्टीनमा बस्न रिङब्याक टोनमार्फत सन्देश दिएको छ ।

यसअघि टेलिकमले कोरोना भाइरस (कोभिड १९) बाट बच्न साबुन पानीले बारम्बर हात धुन र खोक्दा, हाच्छिउँ गर्दा मुख छोप्न सन्देश सहितको रिङब्याक टोन तयार गरेको थियो ।

अहिलेसम्म नेपालमा भेटिएका पाँच जना कोरोना सङ्क्रमित विदेशबाट आएको पाइएकाले सरकारले विदेशबाट आएका सबैलाई १४ दिन अनिवार्य रुपमा क्वरेण्टीनमा बस्न अनुरोध गर्दै आएको छ । कोरोनाको लक्षण १४ दिनभित्र देखिने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

उच्च ज्वरो आउनु, सुख्खा खोकी लाग्नु र श्वास फेर्न समस्या हुनु कोरोनाका लक्षण हुन् । यी लक्षण देखिए तत्काल अस्पताल जान सरकारले आग्रह गर्दै आएको छ ।

वि.सं.२०७६ चैत १६ आइतवार १०:५६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...