back
NMB ad

तीन दिनको शिशुमा कोरोना संक्रमण भएको पुष्टि

Kumari bank ad

एजेन्सी । भारतको महराष्ट्रमा तीन दिनको शिशुमा कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको छ । शिशुसँगै २६ वर्षीया आमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

शिशुको जन्म मार्च २६ (चैत्र १३ गते) तारिखमा मुम्बईको चेम्बर अस्पतालमा भएको थियो । अस्पतालको लापरवाहीका कारण आमा र शिशुमा कोरोना भाइरस संक्रमण देखिएको शिशुको परिवारको आरोप छ ।

परिवारका अनुसार आमा र नवजात शिशु राखिएको बेडमा पहिला कोरोना संक्रमित राखिएको थियो। त्यही बेडमा आमा र शिशु राख्दा संक्रमण देखिएको हो ।

आमा र शिशुलाई पहिले स्थानीय कुर्ला भाभा अस्पताल र त्यसपछि कस्तुरबा अस्पताल रिफर गरिएको छ । कस्तुबा अस्पताल मुम्बईको कोरोना भाइरस उपचार केन्द्र बनाइएको छ।

विज्ञका अनुसार शिशु जन्मिदा अस्पतालमा कोही संक्रमित भएको हुँदा यिनीहरुमा कोरोना संक्रमण भएको हुनसक्छ । हाल चेम्बर अस्पताल बन्द गरिएको छ। त्यहाँ सरसफाई चलिरहेको बताइएको छ ।

नवजात शिशुका बावु एक रेष्टुरेन्टमा म्यानेजरको रुपमा काम गर्छन् । उनलाई कस्तुरबा अस्पतालको क्वारेन्टाइनमा राखिएको छ । जहाँ १२० जना बिरामीको उपचार भइरहेको छ ।

वि.सं.२०७६ चैत २० बिहीवार १३:०७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...