back
NMB ad

कोरोना नियन्त्रण कोषमा नेपाल टेलिकमको १२ करोड, कर्मचारीको तलबबाट २ करोड

Kumari bank ad

काठमाडौं । कोरोना संकटको बेला विभिन्न सस्थाहरुले सरकारलाई सहयोग गरिरहेका छन । सरकारले स्थापना गरेको कोरोना नियन्त्रण विशेष कोषमा नेपाल टेलिकमको तर्फबाट १२ करोड सहयोग गरेको छ ।

आज नेपाल टेलिकमले सरकारको कोषमा १२ करोड सहयोग गरेको जनाएको हो । प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग हस्तान्तरण गरेको नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लिराम अधिकारीले जानकरी दिए ।

यसमध्ये २ करोड टेलिकमका कर्मचारीको तलबबाट र १० करोड कम्पनीको तर्फबाट सहयोग गरिएको हो । यसैगरी हिजो (वुधवार) नेपाल दुरसञ्चार प्राधिकरणले एक निर्णय गर्दै सरकारले स्थापना गरेको राहत कोषमा १५ करोड सहयोग गर्ने जनाएको थियो ।

निजी क्षेत्रको सेवा प्रदायक एनसेलले १० करोड रुपैया यसअघि नै सहयोग गरिसकेको छ । दुरसञ्चार क्षेत्रका अन्य नीजि सस्थाहरुले पनि कोषमा रकम जम्मा गर्ने तयारी गरिरहेका छन ।

विभिन्न बैंक र कर्पोेरेट हाउसहरुले पनि सहयोग गर्ने क्रम जारी छ । अहिलेसम्म सबैभन्दा बढि रकम नेपाल आयल निगमले रु ५० करोड सहयोग गरेको जनाएको छ ।

वि.सं.२०७६ चैत २० बिहीवार १६:०२ मा प्रकाशित

You can share this post!

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२४

काठमाडौं । एनएमबि बैंकले बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित...

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...