back
NMB ad

कोरोना सङ्क्रमित तीन जना एउटै जहाजबाट नेपाल आएका यात्रु भएको पुष्टि

Kumari bank ad

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएका ६ जनामध्ये तीन जना एउटै जहाजबाट नेपाल आएका खुल्न आएको छ ।

पछिल्लो पुष्टि भएको सङ्क्रमण गएको चैत ४ गते कतारको दोहा हुँदै काठमाण्डौ आएकी एक महिलामा भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चैत ४ गते कतारबाट आएको क्यू आर ६५२ जहाजमा आएका यात्रुमध्ये अहिलेसम्म तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार छैटौँ संक्रमित महिला काठमाण्डौ उपत्यका बाहिरकी हुन् ।

यसअघि यही जाहाजमा फ्रान्सबाट आएकी काठमाण्डौकी एक युवती र दुबईबाट आएका धनगढीका एक युवकलाई संक्रमण भएको थियो । युवतीको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ भने वकको धनगढीमा नै उपचार भइरहेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । कोरोना संक्रमित ६ मध्ये एकजना उपचारपछि घर फर्किसकेका छन भने पाँच जनाको उपचार भइरहेको छ । उनीहरको स्वास्थय अवस्था सामान्य रहेको डाक्टरले बताएका छन् ।

वि.सं.२०७६ चैत २० बिहीवार १९:०० मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...