back
NMB ad

लकडाउन लम्बिए मिडियामार्फत कक्षा चलाउने शिक्षा मन्त्रालयको तयारी

Kumari bank ad

काठमाडौं । लकडाउन लम्बिएर बालबालिकाले कक्षाकोठामा उपस्थित भई अध्ययन गर्न नसक्ने अवस्था आए शिक्षा मन्त्रालयले मिडियामार्फत पढाउने तयारी गरेको छ ।

अनलाइन, टेलिभिजन, रेडियो तथा केबल टेलिभिजनमार्फत कक्षा सञ्चालन गर्ने विषयमा शिक्षा मन्त्रालयमा छलफल भइरहेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले घरमा बसेका बालबालिकालाई कसरी पढाउन सकिन्छ भन्नेमा छलफल भइरहेको बताए ।

महानिर्देशक थपलियाले १५ वैशाखसम्म पनि असहज स्थिति भए मिडियामार्फत कक्षा सञ्चालन गर्ने गरी तयारी भइरहेको बताए । अनलाइन, रेडियो, टेलिभिजन र केबल टेलिभिजनमार्फत कक्षा सञ्चालन गर्ने उनको भनाइ छ ।

कोरोना भाइरसको जोखिम बढेपछि अहिले कक्षा १० सम्मका ७० लाख बालबालिका घरमै होम क्वारेन्टाइनमा छन् । कक्षा ९ सम्मका बालिकालिकाले वार्षिक परीक्षा सकेका छन् भने माध्यमिक शिक्षा परीक्षा (कक्षा १०, एसइई) स्थगित भएको छ ।

कक्षा नौसम्मको वार्षिक परीक्षा अघि सारेर सञ्चालन भएको थियो । त्यसको नतिजा भने सार्वजनिक भएको छैन । सरकारको निर्णयअनुसार चैत मसान्तसम्मका लागि पठनपाठन बन्द गरिए पनि त्यसपछि के हुन्छ भन्नेसमेत अन्योल छ ।

महानिर्देशक थपलियाले विगतमा पनि यतिवेला विद्यार्थी वार्षिक परीक्षा दिएर बस्ने समय भएको र अहिलेको कठिन परिस्थिति लम्बिने अवस्था आएमा विकल्प निर्माण भइरहेको बताए ।

विगतमा १५ वैशाखसम्म भर्ना अभियान सञ्चालन हुने गरेको र त्यसपछि मात्र पढाइ सुरु हुने भएकाले यो वर्ष पनि कठिन परिस्थिति कायम रहे १५ वैशाखपछि बालबालिका खाली बस्न नदिन विकल्प तयार गर्न लागिएको बताए ।

लकडाउनका कारण बैठक बस्न नसके पनि स्काइपमार्फत छलफल भइरहेको तर निर्णयमा पुग्न बाँकी रहेको उनको भनाइ छ । परीक्षा स्थगित भएको एसइईका विद्यार्थीका लागि अहिले पनि केन्द्रले टेलिभिजनमार्फत कार्यक्रम सञ्चालन गरिरहेको छ ।

केन्द्रसँग विभिन्न मिडियामार्फत कक्षा सञ्चालनका लागि माथिल्लो कक्षाका सामग्री रहे पनि तल्लो तहका अडियो, भिजुअल सामग्री छैनन् । कक्षा नौ र १० का धेरै पाठलाई समेटिने गरी सामग्री तयारी अवस्थामा छन् ।

९ र १० कक्षाको नौ सय ५० लेसन शिक्षा मन्त्रालयमातहतका निकायमा छन् । कक्षा ६ देखि ८ सम्मको केही सामग्री तयारी अवस्थामा छन् । तर, कक्षा १ देखि ५ सम्मको सामग्री मन्त्रालयमातहतका निकायसँग छैन ।

कक्षा पाँचसम्म संगीतसहितको सामग्री

मन्त्रालयका उच्च तहका अधिकारीहरूले सिकाइका लागि वैकल्पिक माध्यम प्रयोग गर्ने अवधारणा तय गरेका छन् । उनीहरूले शैक्षिक सत्र सुरु हुँदा पनि कठिन परिस्थिति कायम रहे तीन विकल्पमा काम गरिरहेको महानिर्देशक थपलियाले बताए ।

अहिले शिक्षा मन्त्रालयसँग भएका सामग्रीलाई विभिन्न माध्यममार्फत प्रसारण गर्ने, आफैँले उत्पादन गर्न नसकेका कक्षाका सामग्री निजी कम्पनीले उत्पादन गरेका गुणस्तरीय सामग्री प्रयोग गर्ने, अडियो–भिजुअल सामग्री केबल टेलिभिजनलाई दिएर उनीहरूमार्फत प्रसारण गराउने विकल्पमाथि छलफल भएको छ ।

थपलियाले अब कक्षा १ देखि ५ सम्मको सामग्री तयार गर्दा संगीतसहित हुने पनि बताए । बालबालिकाले मनोरञ्जनसहित सिकून् भनेर संगीतसहितको मेटेरियल तयार गर्ने विषयमा छलफल भएको उनले बताए । (नयाँ पत्रिकाबाट)

वि.सं.२०७६ चैत २१ शुक्रवार ०८:३७ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५७

काठमाडौँ : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५०

भैरहवा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य...

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:४४

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी...

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:३६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...