back
NMB ad

कोरोनाबाट बच्नका लागि जंगलतिर भागेपछि…

Kumari bank ad

क्वालालम्पुर । विश्वभर नोभेल कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि मानिसहरुलाई घरबाट ननिस्किन आदेश जारी गरिएका छन् । तर, मलेसियाका आदिवासी भने कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि जंगलतिर भागेका छन् ।

मलेसियामा पहिलो आदिवासी ओराङ अस्ली समुदायका एकजनामा गत साता कोरोना संक्रमण देखिएपछि उनीहरु जंगल पसेका हुन् । जेमेरीको गाउँ जाने बाटो बन्द गरिएको छ ।

आदिवासी स्थानीय तथा अधिकारकर्मी बेदुल चेमाइले भने, “हामी आइसोलेसनका लागि फेरि जंगलमा जाँदैछौं । हामी हाम्रा लागि आफैं खाना खोज्छौं । जंगलमा कसरी खानेकुरा खोज्ने भन्ने विषयमा हामीलाई थाहा छ । त्यहाँ हामीले केही रोपेका छौं ।“

ओराङ अस्ली मलेसियाको अति विपन्न समुदाय हो । गरिबी र कुपोषणले यस समुदायलाई निकै जोखिममा पार्छ । गत वर्ष एकै गाउँमा १५ जना दादुराका कारण मृत्यु भएका थिए ।

मलेसियामा हालसम्म कोरोना संक्रमितको संख्या तीन हजार ३३३ छ भने ५३ जनाको मृत्यु भएको छ । यो संख्या दक्षिण पूर्वी एसियाको सबभन्दा ठूलो संख्या हो । -बीबीसी

वि.सं.२०७६ चैत २१ शुक्रवार १७:२६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...