काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन लकडाउन लम्ब्याउने भएको छ । यसबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलउनुभएको छ ।
स्रोतकाअनुसार कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकमा पनि यसबारे छलफल भएको थियो । मन्त्रिपरिषद् बैठकले कम्तिमा एक साता बढी लकडाउन लम्ब्याउन सक्नेछ ।
नेपालमा दोस्रो संक्रमण देखिएपछि सरकारले ११ चैतबाट १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन गरेको थियो ।
वि.सं.२०७६ चैत २४ सोमवार १०:५९ मा प्रकाशित