back
NMB ad

वरिष्ठ अर्थविद् हिमालय शमशेरलाई पत्नी शोक

Kumari bank ad

काठमाडौं । वरिष्ठ अर्थविद् तथा नेपाल राष्ट्र बैंकका प्रथम गर्भनर हिमालयशम्सेर जबरालाई पत्नीशोक परेको छ ।

उहाँकी धर्मपत्नी विजयालक्ष्मी राणाको आज दिउँसो १२ः४५ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको कुरा हिमालय शमशेरले जानकारी दिनुभएको छ । दिवंगत राणा लामो समयदेखि अस्वस्थ्य भई आफ्नै घरमा नै उपचारत हुनुहुन्थ्यो । उहाँ ८२ वर्षकी हुनुहुन्थ्यो ।

दिवंगत राणाकी दुई छोरा र दुई छोरी छन् । छोराहरु अशोक शम्सेर जबरा (कार्यकारी प्रमुख हिमालय बैंक) र अमर शम्सेर जबरा सामाजिक काममा कार्यरत रहेका छन् । त्यस्तै, छोरीहरु प्रतिमा पाण्डे र संगीता थापा रहेका छन् ।

दिवंगत राणाको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि थापाथलीस्थित निवासमा राखिएको छ । उहाँको आजै ५ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । शोकको यस घडीमा दृष्टि परिवार दिवंगतप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ । साथै, शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गदर्छ ।

वि.सं.२०७६ चैत २४ सोमवार १६:३३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...