back
NMB ad

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको रोकिएको काम फेरि सुरु

Kumari bank ad

दोलखा । स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको नियमित कार्य मंगलबारबाट फेरि सुरु भएको छ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वभर फैलिँदै गएपछि आयोजनाको काम केहि समयदेखि रोकिएको थियो । तर आयोजनाको पावर हाउसका अत्यावश्यक काम भने सञ्चालन भइरहेको थियो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको यही २० गते बसेको बैठकले केही ठूला आयोजनाको काम जारी राख्न सक्ने निर्णय गरेको थियो ।

त्यसै निर्णय अनुसार मंगलबारबाट आयोजनाको सम्पूर्ण काम सुरु भएको प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिनुभयो । आयोजनाले काम रोकेपछि जिल्लावासी कामदार घर फर्किएका छन् ।

आयोजनामा नै नियमित बसोबास गरिरहेका करिव ६ सय कामदारले आजबाट काम सुरु गरेका हुन् ।  आयोजनामा कार्यरत कुल ८ सय कामदार मध्य करिव २ सय कामदार घर फर्किएका थिए । आयोजनामा हाल झण्डै ३ सय भारतीय कामदार, चाइनाका झण्डै ५० कामदार र बाँकी नेपाली कार्यरत छन् ।

उनीहरुलाई पूर्ण सर्तकता अपनाइ काममा लगाइएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले जनाएको छ । आयोजनामा रहेका निर्माणका सामग्रीसहित आवश्यक सामग्रीले अबको २ सातासम्म धान्ने अनुमान गरिएको छ । आयोजनाका लागि अत्यावश्यक सामग्रीको आयात सहज नगरिए जटिलता पैदा हुने आयोजनाका प्रवक्ता डाक्टर न्यौपानेले बताउनुभयो ।

आयोजनाको जटिल मानिएको दुई वटा ठाडो सुरुङमा पाइप जडान गर्ने काममा अपेक्षित प्रगति नभएको बताइएको छ ।  कुल ६ सय ८३ मिटर लामो दुई वटा ठाडो सुरुङमध्ये कोरोना अघिसम्म कुल ४ सय ६३ मिटर पाइप जडान भइसकेको छ ।

कुल ३ सय १० मिटर लामो माथिल्लो ठाडो सुरुङमा १ सय ७५ मिटर पाइप जडान भएको छ ।त्यसमा अब १ सय ३५ मिटर पाइप जडान गर्न बाँकी छ ।

यस्तै कुल ३ सय ७३ मिटर लामो तल्लो ठाडो सुरुङमध्ये कुल २ सय ९० मिटरमा पाइप जडान भएको छ । सुरुङमा अब ८३ मिटर पाइप जडान गर्न बाँकी छ । समग्रमा दुवै सुरुङको झन्डै २ सय २० मिटर पाइप जडान कार्य बाँकी रहेको आयोजनाका प्रवक्ता डाक्टर न्यौपानेले जानकारी दिनुभयो ।

कुल ४ सय ५६ मेगावाट क्षमताको त्यस आयोजनाको कुल भौतिक प्रगति ९९ दशमलव ४ प्रतिशत पुगेको छ । आउँदो असारभित्र सबै बाँकी काम पूरा गरेर पहिलो युनिट सञ्चालन गर्ने तयारी गरिएको छ । पहिलो युनिट सञ्चालनमा आएपछि क्रमशः अन्य युनिट पनि राष्ट्रिय प्रणालीमा जडान गर्दै जाने लक्ष्य राखिएको छ ।

वि.सं.२०७६ चैत २५ मंगलवार १८:४८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...