बागलुङ । बागलुङ नगरपालिकाद्वारा स्थापित विपत, राहत उद्दार कोषमा जिल्ला फुटबल संघ बागलुङले सहयोग गर्ने भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको न्यूनिकरणको लागि सरकारले मुलुक लकडाउन गरेपछि दैनिक ज्याला मजदुरी गरि परिवार पाल्दै आएका मजदुर काम विहिन हुँदा समस्या परेकाले उनीहरुलाई सहयोग पु¥याउने उद्देश्यले नगरपालिकाको राहत कोषमा सहयोग गर्ने निर्णय गरेको जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिनुभयो ।
संघले नगरपालिकाको राहत कोषमा ११ हजार रुपैयाँ जम्मा गर्ने निर्णय गरेको कोषाध्यक्ष सुर्य लामिछानेले बताउनुभयो । संघको कार्यसमितिको निर्णय अनुसार नै नगरपालिकाको राहत कोषमा सहयोग गर्ने निर्णय गरिएको जानकारी कोषाध्यक्ष लामिछानेले दिनुभयो ।
विपदको बेला एकद्वार प्रणालीबाट सहयोग गरेमा सवैलाई राहत पु¥याउन र ठूलो मात्रमा सहयोग पुग्ने भएकाले नगरपालिकाको कोषमा रकम जम्मा गर्ने निर्णय गरेको फुटबल संघले जनाएको छ ।
वि.सं.२०७६ चैत २६ बुधवार ०९:१७ मा प्रकाशित