back
NMB ad

त्रिविले जारी गर्‍यो अनलाइन कक्षा आचारसंहिता, हाजिरी र औपचारिक पोशाक अनिवार्य

Kumari bank ad

काठमाडौँ । अनलाइनमा माध्यमबाट सबै क्याम्पस, विभाग र स्कुलमा पठनपाठन गराउन त्रिभुवन विश्वविद्यालय आचारसंहिता सहितको निर्देशिका जारी गरेको छ ।

विश्वविद्यालयले विद्युतीय माध्यम (अनलाइन) बाट गरिने कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७ तयार पारेर कार्यकारी परिषद्बाट स्वीकृत गरेको हो ।

अनलाइन कक्षामा हुनसक्ने कमीकमजोरीलाई रोक्न निर्देशिका जारी गरिएको रजिष्ट्रार पेशल दाहालले जानकारी दिए ।विज्ञहरुले अनलाइन कक्षा सञ्चालन गर्दा इन्टरनेटको दुरुपयोग हुनसक्ने भएकाले कानुन र आचारसंहिता जरुरी हुने औंल्याउँदै आएका छन् । लकडाउनको अवधि लम्बिदैं जाँदा ११ वटै विश्वविद्यालय र विद्यालय तहमा पनि अनलाइन कक्षा चलाउन थालिएको छ ।

निर्देशिकामा आचारसंहिता र कारबाहीको प्रावधानसमेत राखिएको छ । विद्यार्थी, शिक्षक र कर्मचारीले आचारसंहिता उल्लंघन गरेमा विश्वविद्यालयले कारबाही गर्ने चेतावनी दिइएको छ । निर्देशिकाले त्रिविका स्कुल, विभाग र क्याम्पसबाहेक पूर्णकालिन शिक्षकलाई अन्य शैक्षिक संस्थाको अनलाइन कक्षामा सहभागी हुन रोक लगाएको छ ।

प्राध्याकपहरुले अनुगमन निर्देशनालयको अनुमति लिएर अन्य कलेजमा अध्यापन गराउँदै आएका थिए । अनलाइन कक्षामा सहभागी हुन शिक्षकहरुलाई अनुमति नदिने विश्वविद्यालयले प्रष्टाएको छ । आमन्त्रित विशेषज्ञको हैसियतमा भने अनलाइन कक्षामा सहभागी हुन पाइने निर्देशिकामा उल्लेख छ ।

कलेज, स्कुल र विभागले तोकेको कक्षामा सम्बन्धीत विद्यार्थीलाई अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । कतिपय शिक्षक विद्यार्थीले भने इन्टरनेट र आवश्यक स्मार्ट फोन, ल्यापटप र कम्प्युटरको कारण अनलाइन कक्षमा सहभागी हुन नसक्ने गुनासो गर्दै आएका छन् । त्यसका लागि सहुलियतमा इन्टरनेट उपलब्ध गराउन सेवा प्रदायकहरुसँग छलफल चलिरहेको रेक्टर शिवलाल भुषालले जनाए ।

विश्वविद्यालयले स्कुल, कलेज र विभागका लागि प्राविधिक सहयोग समेत उपलब्ध गराउने बताइएको छ । अनलाइन कक्षामा विद्यार्थीले शिक्षकसँग संवाद गर्दा आदरार्थी शब्दहरुको प्रयोग गर्दै अन्तरक्रियात्मक वातावरणमा पठनपाठन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

‘अनलाइन कक्षा सम्बन्धित शैक्षिक सामाग्री, भिडियो इत्यादिहरुको प्रतिलिपी अधिकार सम्बन्धित शिक्षक र निकायमा निहित हुनेछ । सबै शिक्षक, कर्मचारी, विद्यार्थीहरुले प्रतिलिपी अधिकारको रक्षा गर्नुपर्नेछ ।, बौद्धिक चोरी गर्ने कार्य गर्नु हुदैन,’ निर्देशिकामा भनिएको छ, ‘शिक्षक, कर्मचारी, विद्यार्थीहरुले व्यक्तिको गोपिनियताको हकको पालना गर्नुपर्नेछ । कुनै पनि शिक्षण तथा शैक्षिक सामाग्री आदि शिक्षक र विद्यार्थीहरुले फेसबुकलगायत अरु सामाजिक सूचना माध्यममा स्वीकृति विना राख्नु हुँदैन ।’

शिक्षक विद्यार्थीहरुले अनलाइन कक्षाहरु भएको बेला औपचारिक पोशाकको प्रयोग गर्नुपर्ने जनाइएको छ । आचारसंहिताबाहेक त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० र शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम, २०५० मा तोकिएको आचार संहिता समेत पालना गर्न आग्रह गरिएको छ ।

गत चैत्र १० गतेदेखि नै सञ्चालित अनलाइन कक्षालाई नियमित कक्षासरह पाठ्यभारमा गणना गर्ने निर्णय कार्यकारी परिषद् र पाज्ञिक परिषद्ले गरिसकेको छ । शिक्षक तथा विद्यार्थीको हाजिरीसमेत राख्न विश्वविद्यालयले निर्देशन दिएको छ ।

त्रिविका अधिकांश विभाग र क्याम्पसले जुम, गुगल, एमएस टिमबाट अनलाइन कक्षा चलाउदै आएका छन् । कक्षा र हाजिरीको प्रमाणित सम्बन्धित विभागीय प्रमुखले गर्नुपर्ने व्यवस्था गरिएको हो । सोही हाजिरीका आधारमा शिक्षकलाई पारिश्रमिक र विद्यार्थीलाई परीक्षामा सहभागी गराउने व्यवस्था गरिने निर्देशिकमाा उल्लेख छ ।

अनलाइन कक्षामा काम गर्ने प्राविधिक कर्मचारीलाई कार्यालय समयभन्दा बढी काम गर्नुपर्ने अतिरिक्त पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गरिएको छ । प्रत्येक अनलाइन कक्षाहरुको रेकर्ड राख्नुपर्ने र उक्त रेकर्ड सम्बन्धित प्राध्यापकले आफ्नो निकायमा इमेलमार्फत् पठाउनु पर्नेछ । कुनै कारणवंश कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीलाई रेकर्ड उपलब्ध गराइनेछ ।

त्रिविले कक्षा सञ्चालन गर्ने हरेक विभाग, स्कुल, क्याम्पसले गुणस्तरीय इन्टरनेट, द्रूतगतिमा चल्ने ल्यापटप तथा कम्प्युटररफोन, बिजुली समेतको व्यवस्था गर्न समेत निर्देशन दिएको छ । इन्टरनेटका पहुँचमा नभएका विद्यार्थीको सर्वेसमेत गर्न भनिएको छ ।

अनलाइन कक्षा केन्द्र स्थापना गरेर शिक्षक, विद्यार्थीका लागि तालिमको व्यवस्था गर्न समेत त्रिविले मातहतका निकायहरुलाई निर्देशन दिइसकेको छ । (कान्तिपुर दैनिकबाट साभार)

वि.सं.२०७७ वैशाख १४ आइतवार १०:४१ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...