back
NMB ad

सुरक्षा सतर्कतासँगै लकडाउनले रोकिएका विकास निर्माणका कामहरु धमाधम

Kumari bank ad

थम्मन थापा, बागलुङ । विश्वभर कोरोना भाईरस (कोभिड-१९) को संक्रमणले हरेक क्षेत्र प्रभावित भईरहेको छ । नेपालमा पनि चैत ११ गते देखि लकडाउन जारी छ । लक डाउनका कारण विकास निर्माणका काम अलपत्र परेका छन ।

लकडाउन लम्बिदै जाँदा अलपत्र विकास निर्माणका योजनाहरुले विस्तारै निरन्तरता पाउन थालेका छन ।  कोरोना भाईरस संक्रमणको जोखिमका बिच विकास निर्माणको कार्य थालनी गरिएको हो ।

गलकोट नगरपालिका वडा नं २ नरेठाटी बजार, वडा नं ५ हरिचौर बजार र वडा नं ८ काँडेबास बजारमा ढल व्यवस्थापन सँगै खानेपानीको उचित व्यवस्थापनको निम्ति काम भईरहेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।

आर्थिक वर्ष २०७६ र ०७७ अन्तर्गत नगरपालिकाको ८०५ बजेट र समुदाय साझेदारी २०५ रकम मार्फत उक्त योजनाका कामहरु सञ्चालनमा आएको नगर प्रमुख गैरेले बताए ।

नरेठाटी बजारमा पक्की नाली सहित सडक ढलान र खानेपानी पाईप लाईन व्यवस्थापनको काम चलिरहेको गलकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष हिम बहादुर भण्डारीले जानकारी दिए ।

नगरपालिकाको ३० लाख र स्थानियको ७ लाख ५० हजार रकमले उक्त योजनालाई सामाजिक दुरी कायम गरि अगाडी बढाईएको वडा अध्यक्ष भण्डारीले बताए ।

योजना सञ्चालन हुनु अगावै स्थानियले नगरपालिकामा समुदाय साझेदारी रकम जम्मा गरेका थिए । गत माघ देखि सञ्चालनमा रहेका यि योजनाहरु कोभिड १९ को संक्रमण फैलिन नदिन नेपाल सरकारले देश लक डाउन गरेपछि काम स्थगित भएका थिए ।

अहिले पक्की नाली निर्माण संगै ८ इन्च ढलान गरिएको छ । उच्च सतर्कता अपनाउँदै दैनिक १० जना मजदुरले काम गरिरहेका छन् । स्थानिय कामदारहरुले योजनामा काम गरिरहेका छन ।

नाली निर्माण भएपछि वर्षौ देखिको ढल व्यवस्थापनको समस्या समाधान हुने नरेठाटी बजार ढल व्यवस्थापन तथा स्तरवृद्वि निर्माण उपभोक्ता समितिका अध्यक्ष हुम बहादुर थापाले बताए ।

१ सय ६० मिटर लामो उक्त योजनालाई गलकोट नगरपालिबाट उच्च सतर्कता अपनाई सुरक्षित दुरी कायम गर्दै स्थानीय स्तरमा उपलब्ध मजदुर प्रयोग गरी विकास निमार्णका काम अगाडि बढाउने निर्णय भए सँगै निर्माण कार्यले पुन निरन्तरता पाएको निर्माण उपभोक्ता समितिका सचिव यम श्रीसले बताए ।

योजनाको झण्डै ६५ प्रतिशत काम सम्पन्न भईसकेको छ भनें बाँकी काम १ महिनाभित्र सम्पन्न हुने बताईएको छ । स्थानिय प्रशासनले निर्माण सामग्रीको व्यवस्थापनका लागि सहजिकरण गरिरहेको छ ।

कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिन नदिन उच्च सावधानी अपनाउँदै निर्माण कार्यलाई निरन्तरता दिदा मजदुरहरु लाई समेत राहत भएको छ ।

बजार क्षेत्रमा ढलको लागि नाली, बिच बिचमा पाईप, घर घरबाट ढल निकास हुने गरि काम भईरहेको छ त्यस्तै खानेपानीको चेम्बर निर्माण गरि खानेपानीको पाईप लाईन समेत व्यवस्थापन भईरहेको छ ।

वि.सं.२०७७ वैशाख २४ बुधवार १२:३१ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...