नेपालमै पहिलो पटक एक नर्समा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमै पहिलो पटक एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोनाभाइरस पोजेटिभ रहेको पुष्टि भएको हो ।

प्रदेश नम्बर ५ को प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले ती नर्समा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार आज कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुका ८ जना नै कलिपलवस्तु नगरपालिकाका हुन् । १९१ जनामा कोरोना पुष्टि हुँदा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थिएन ।

२०७७ वैशाख ३० गते १७:४० मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीद्वारा नर्सिङ दिवसको शुभकामना

प्रधानमन्त्रीद्वारा नर्सिङ दिवसको शुभकामना

Related posts