काठमाडौं । शेयर कारोबार खुलेको ३९ मिनेटमै नेप्से परिसूचकमा सर्किट ब्रेक लागेको छ । आज ११ बजेर ३९ मिनेटमै नेप्से परिसूचक २४.५८ अंक अर्थात २ प्रतिशतले बजार घटेर सर्किट ब्रेक लागेको थियो ।
नेप्से परिसूचक घटेर १२०१.५७ अंकमा पुगेको छ। लकडाउनपछि बजार खुलेको आज दोस्रो दिन हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ५.३५ अंकले घटेर २६० अंकमा झरेको छ ।
बजारमा कूल ३६ लाख १३ हजार ५ सय २३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो अवधिमा ७४ कम्पनीको १० हजार ५ सय २६ कित्ता सेयर किनबेच भएको छ ।
सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको ८ लाख ६२ हजार कित्ता सेयर कारोबार भएको छ । आज लक्ष्मी बैंक र तारागाउँ रिजेन्सी होटलको सेयर मूल्यमा सर्किट लागेको छ।
वि.सं.२०७७ वैशाख ३१ बुधवार १३:०३ मा प्रकाशित