फेरि थपिए नेपालमा नयाँ कोरोना संक्रमित, कति पुग्यो संक्रमितको संख्या ?

काठमाडौं । नेपालमा फेरि थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । धुलीखेल अस्पतालको प्रयोगशालामा परीक्षण गर्ने क्रममा बाँकेका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

बाकेको नेपालगञ्ज– ८ का ३६ वर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर कुमार अधिकारीका अनुसार धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १८ पुगेको छ ।

२०७७ वैशाख ३१ गते १३:०७ मा प्रकाशित

You can share this post!

शेयर बजारमा आज पनि नेगेटिभ सर्किट, कारोबार बन्द

शेयर बजारमा आज पनि नेगेटिभ सर्किट, कारोबार बन्द

Related posts