back
NMB ad

कर्मचारीको तलब कटौती हुने, बैठकबाट निर्णय गर्ने

Kumari bank ad

लन्डन, एजेन्सी । क्यारेबियन राष्ट्र वेस्ट इन्डिजको क्रिकेट बोर्डले आफ्ना कर्मचारीको तलब कटौती गर्ने भएको छ ।वेस्ट इन्डिज क्रिकेट बोर्डका प्रमुख रिकी स्केरिटले आर्थिक समस्याबाट गुज्रिरहेको वेस्ट इन्डिज क्रिकेट बोर्डले आफ्ना कर्मचारीको तलब कटौती गर्ने बताएका हुन् ।
कोरोनाका कारण सिर्जिएको आर्थिक संकटको भार कम गर्न बोर्डलाई खर्च कटौती गर्नुपर्ने अवस्था उत्पन्न भएकाले घटाउन लागिएको बताईएको छ । त्यसको सुरुवात कर्मचारीको तलब कटौतीबाट हुने उनले बताए ।

बोर्ड प्रमुखले मे २७ तारिखमा बोर्डको बैठक बसेर त्यसबारे निर्णय गर्ने बताएका छन् । साथै बैठकले टिमको अन्तराष्ट्रिय सिरीज रद्द वा स्थगित हुँदा परेको आर्थिक घाटाको पनि विश्लेषण गर्ने बताएका छन् ।

वेस्ट इन्डिजमा एक सय भन्दा बढी क्रिकेटर रहेको र उनीहरुलाई नियमित तलब दिनुपर्ने हुँदा खर्च बढिरहेको बताए । केहि समय अगाडी अफगानिस्तान र अष्ट्रेलियन क्रिकेट बोर्डले आफ्ना कर्मचारीका तलब कटौती गर्ने निर्णय गरेका थिए ।

अफगानिस्तानले चार दिन अघि मात्र आफ्ना कर्मचारीको २५ प्रतिशत तलब कटौती गर्ने निर्णय गरेको थियो । यदि अफगानिस्तानको जिम्बाब्वे भ्रमण नभएमा ५० प्रतिशत तलब कटौती हुने बताइएको थियो ।

वेस्ट इन्डिजले जुनमा इंग्ल्याण्डको भ्रमण गर्ने तालिका रहेको थियो । त्यस्तै जुलाईरअगष्टमा दक्षिण अफ्रिकी टिम वेस्ट इन्डिज आउने तालिका थियो । जसमा पाँच टी(२० र दुई टेष्ट म्याच खेल्ने कार्यक्रम थियो । तर, अहिले ती सिरीज पनि नहुने सम्भावना बढेको छ ।

वि.सं.२०७७ जेठ ४ आइतवार १४:४२ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...