back
NMB ad

स्वास्थ्यकर्मी र सफाई कर्मचारीलाई कोरोना संक्रमण

Kumari bank ad

विराटनगर । प्रदेश १ मा आइतबार कोरोना संक्रमण पुष्टि भएका तीन मध्ये एक पुरुष विराटनगर महानगरका सफाई कर्मचारी भएको खुलेको छ । उनी विराटनगर–१५ का स्थानीय हुन्।

वडा नम्बर १५ का वाडाध्यक्ष असलम आलमका अनुसार संक्रमित ३६ वर्षीय पुरुषको संक्रमणको स्रोत खुलेको छैन। ‘घरमा बाहिरबाट कोही आएका होइनन, उनलाई कहाँबाट र्सयो हामी पहिचान गर्दैछौँ,’ आलमले भने।

महानगरले गत बिहीबार ६ र १५ वडाका ४३ जनाको स्वाब संकलन गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाएको थियो। जसमध्ये ती पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले जानकारी दिए।

आइतबार विराटनगरका दुईसहित धनकुटाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो। धनकुटाकी ३४ वर्षीया महिला स्वास्थ्यकर्मी भएको बताइएको छ ।

धरानमा विराटनगर र धनकुटाबाट ल्याएको स्वाबको एकैपटक परीक्षण रिपोर्ट आएको थियो। जसमध्ये विराटनगरका १ पुरुष, १ महिला र धनकुटाकी एक महिलामा कोरोना पोजेटिभ देखिएको हो।

विराटनगरकी संक्रमित महिला वडा नंबर ६ की हुन्। २९ वर्षीया ती महिला केहीदिन अघि भारतबाट आएको वडाअध्यक्ष विजय कामतले जानकारी दिए ।

आइतबार कोरोना संक्रमण पुष्टि भएका विराटनगरका सबैलाई आइतबार साँझ नै कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको छ । धनकुटाकी स्वास्थ्यकर्मीलाई सोमबार ल्याइँदैछ ।-अन्नपूर्ण पोष्टबाट

वि.सं.२०७७ जेठ ५ सोमवार ०७:५२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...