आजै रातिबाट कर्फ्यु जारी गर्ने निर्णय !

काठमाडौं । पछिल्लो समय कोरोना भाइरसको संक्रमण धेरै देखिएको बाँकेको नरैनापुर गाउँपालिकामा आइतबार राति ८ बजेबाट निषेधाज्ञा जारी गरिएको छ ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले पुरै गाउँपालिकामा सेना परिचालन गरेर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

नरैनापुरमा मात्र १ सय १४ जना कोरोना संक्रमित छन् । जसमा एक जनाको मृत्यु भइसकेको छ। गाउँपालिकाको ५ नम्बर वडाका मात्र ६२ जना संक्रमित छन् ।

२०७७ जेष्ठ ११ गते १६:४४ मा प्रकाशित

You can share this post!

नेपालमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय नाघ्यो

नेपालमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय नाघ्यो

Related posts