पोखरा । भारतबाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यद्यपि, सबैको स्वास्थ्य अवस्था सामान्य छ ।
तमानखोला गाउँपालिकाको अर्को विद्यालयको क्वारेन्टाइनमा बसेका ४ जना र बडीगाड गाउँपालिकाको एक विद्यालयको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमितलाई धौलागिरी अञ्चल अस्पतालमा उपचारका लागि ल्याउने तयारी भइरहेको छ । बागलुङमा करीब ४ सयजना भारतबाट आएर क्वारेन्टाइनमा बसेको बताइएको छ ।
वि.सं.२०७७ जेठ १४ बुधवार ११:०५ मा प्रकाशित